हेटौँडा कपडा उद्योगको जग्गामा १३ नयाँ उद्योग



हाम्रो इकोनोमि

हेटौँडा, २२ साउन (रासस) ः हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि सम्झौता गरेको थियो । पन्धवटै उद्योगका लागि संरचना तयार भएपनि सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, थ्रि स्टार गुप प्रालि भने अझै सञ्चालन हुन सकेको छैन ।
सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, न्यू मकवानपुर खाद्य उद्योग प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, नेशनल स्ट्रक्सन इञ्जिनियरिङ प्रालिले उद्योग सञ्चालन गर्न २०७३ जेठ अघि नै सम्झौता गरेका थिए ।

भवन निर्माण भए पनि विद्युत् अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग संघका जिल्ला अध्यक्ष नवराज अर्यालले बताउनुभयो । उक्त क्षेत्रमा हाल खपत भइरहेको विद्युत्मा थप १० केभीए विस्तार गरिएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक कारणले केही महिना ढिला भए पनि उद्योग भने लक्ष्यअनुसार सञ्चालन भइसकेको छ ।
उक्त क्षेत्रमा १५ वटा नयाँ उद्योगमध्ये सञ्चालन हुन बाँकी दुई उद्योग पनि छिटो सञ्चालन हुने अध्यक्ष अर्यालले जानकारी दिनुभयो । सो क्षेत्रभित्र ९४ वटा उद्योग सञ्चालनमा छन् भने २९ उद्योग निर्माणाधीन अवस्थामा छन् । एक दर्जन धेरै पुराना उद्योग बन्द अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...