कर्णालीमा जीप खस्यो, चालकले हाम फालेर बचाए ज्यान



हाम्रो इकोनोमि

 

कैलालीको पहाडी क्षेत्र मोहन्यालको कर्णाली नदीमा जीप खसेको छ। मोहन्याल गाउँपालिका ७ को चिप्लेभिरबाट जीप कर्णाली नदीमा खसेको हो।

चिप्लेभीरबाट से १ ज। ९२९ नम्बरको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ। कर्णाली चिसापानीबाट तीन किलोमिटर उत्तरतर्फ दुर्घटना भएको हो।

 

चिसापानीबाट मोहन्याल जाँदै गरेको जीपका चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएका छन्। जीप सडकबाट झण्डै चार सय मिटर तल कर्णाली नदीमा खसेको ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख नवराज शाहीले जानकारी दिए।

 

जीपमा अन्य कोही यात्रु नरहेको शाहीको भनाइ छ। कर्णाली नदीमा खसेको जीप भने पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

 

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...