मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु



हाम्रो इकोनोमि

 

सिरहाको नरहा गाउँपालिका– ५ स्थित बलुवा चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको आज उपचारको क्रममा मृत्यु भएको छ ।

 

स ६ प ९०८४ नं को मोटरसाइकलको ठक्करबाट गम्भीर स्थानीयवासी ८० वर्षीया देवकीदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

गम्भीर घाइते यादवलाई स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि गएराति नै थप उपचारका लागि धरान पठाइएकोमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यस्तै सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका– १ स्थित महुली खोलामा बाढीले बगाएर ल्याएको एक महिलाको शव फेला परेको छ । सनाखत हुन नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...