गृहमन्त्री थापाको राजीनामा माग गर्दै सरकारविरुद्ध प्रर्दशन



हाम्रो इकोनोमि

 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध र्या लीसहित प्रर्दशन गरेको हो ।

 

प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् । महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नुपरेको संगठनकी अध्यक्ष रोशन कार्कीले जानकारी दिइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा पनि माग गरिन् ।

 

प्रर्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । प्रर्दशनी अघि बबरमहलबाट सुरु भएको विरोध र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनकारीहरुले बलात्कारीलाई कडा कार्वाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...