घरबेटीले भने अपहरणकारीहरु डेराबाट पक्राउ परेका हुन्



हाम्रो इकोनोमि

 

अपहरणकारीहरुलाई प्रहरीले भक्तपुरस्थित निजहरुको डेराबाटै प्रहरीले पक्रेको स्थानीयबासीको भनाइ छ । घरबेटी श्याम लबटले पनि उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्- ‘पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें- के हो म्याम ? हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् । धेरै पिट्यो क्या ।’

 

स्थानीयको दाबी विपरीत प्रहरीले भने घ्याम्पेडाँडा जाने बाटोमा अपहरणकारीसँग दोहोरो फायरिङ भएको र इन्काउन्टरमा परेर मरेको बताएको छ ।

 

प्रहरीले अपहरणकारीहरुलाई मारेका कारण अब कानूनअनुसार पीडितले क्षतिपूर्ति पाउने सम्भावना चाहिँ लगभग सधैंका लागि सकिएको छ ।

 

अपहरणकारीको नियन्त्रणमा रहेका बालकलाई प्रहरीले बचाउन सक्ने अवस्था थिएन । तर, यो अपराधमा प्रहरीले बालकलाई मात्र होइन, प्रमाणलाई समेत बचाउन सकेन । अपहरणकारीलाई घुँडाुमनिसम्म गोली हानेर नियन्त्रणमा लिइएको भए प्रमाण जोगिन सक्थ्यो र यो घटनाका अन्य पाटाहरु पनि खुल्ने थिए ।

 

 

नयाँ फौजदारी कार्यविधि भदौ १ गतेदेखि लागू हुँदैछ । शनिबार रातिको घटनामा प्रहरीले तहकीकात गर्दा ८/१० दिन लाग्ने भएकाले यो मुद्दा अदालतमा लगभग भदौ १ पछि पुग्न सक्थ्यो । त्यो अवस्थामा अपहरणकारी गोपाल तामाङ लगायतको जायजेथाबाट राज्यले निशानको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हुन्थ्यो ।

 

तर, प्रहरीले अपहरणकारीलाई गोली हानेर मारिदिएपछि अब यो केसमा पीडितले क्षतिपूर्ति नपाउने स्थिति आएको छ । फौजदारी अपराधमा अपराधीसँगै उसको अपराध पनि मरेसरह मानिन्छ । त्यसैले यो केसमा प्रतिवादीको समाप्ति भएको छ ।

 

अपहरणकारीहरुबाट निशानको परिवारले कति क्षतिपूर्ति पाउने भन्ने कुरा अदालतले तय गर्नसक्थ्यो, जसको ‘च्याप्टर क्लोज’ भएको छ ।

 

निशानलाई अपहरणपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार नगरी कानुनी कारवाही चलाएको भए उनीहरुमाथि ज्यानसम्बन्धी महलले गर्ने सजायँका अतिरिक्त थप १५ वर्ष कैद र डेढ लाख रुपैयाँसम्म नरिवाना हुन सक्ने नयाँ कानूनमा व्यवस्था छ । ज्यान मारेको हुनाले अपहरणकारीमाथि सर्वस्वसहित जन्म कैद हुने थियो ।

 

प्रहरीको गोली लागी मृत्यु भएका गोपाल तामाङलाई मुख्य अपराधी भनिए पनि अर्का अजय तामाङ पनि अपहरणकारी नै हुन् या मतियार मात्रै हुन् भन्ने खुल्नै नपाई प्रमाण नष्ट भएको छ । कानून अनुसार मतियारलाई आधामात्रै सजायँ हुन्छ । तर, अजय तामाङ पनि मुख्य अभियुक्तसँगै मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सांसदहरूलाई संसदीय अभ्यासबारे प्रशिक्षण

    प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...