घरबेटीले भने अपहरणकारीहरु डेराबाट पक्राउ परेका हुन्



हाम्रो इकोनोमि

 

अपहरणकारीहरुलाई प्रहरीले भक्तपुरस्थित निजहरुको डेराबाटै प्रहरीले पक्रेको स्थानीयबासीको भनाइ छ । घरबेटी श्याम लबटले पनि उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्- ‘पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें- के हो म्याम ? हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् । धेरै पिट्यो क्या ।’

 

स्थानीयको दाबी विपरीत प्रहरीले भने घ्याम्पेडाँडा जाने बाटोमा अपहरणकारीसँग दोहोरो फायरिङ भएको र इन्काउन्टरमा परेर मरेको बताएको छ ।

 

प्रहरीले अपहरणकारीहरुलाई मारेका कारण अब कानूनअनुसार पीडितले क्षतिपूर्ति पाउने सम्भावना चाहिँ लगभग सधैंका लागि सकिएको छ ।

 

अपहरणकारीको नियन्त्रणमा रहेका बालकलाई प्रहरीले बचाउन सक्ने अवस्था थिएन । तर, यो अपराधमा प्रहरीले बालकलाई मात्र होइन, प्रमाणलाई समेत बचाउन सकेन । अपहरणकारीलाई घुँडाुमनिसम्म गोली हानेर नियन्त्रणमा लिइएको भए प्रमाण जोगिन सक्थ्यो र यो घटनाका अन्य पाटाहरु पनि खुल्ने थिए ।

 

 

नयाँ फौजदारी कार्यविधि भदौ १ गतेदेखि लागू हुँदैछ । शनिबार रातिको घटनामा प्रहरीले तहकीकात गर्दा ८/१० दिन लाग्ने भएकाले यो मुद्दा अदालतमा लगभग भदौ १ पछि पुग्न सक्थ्यो । त्यो अवस्थामा अपहरणकारी गोपाल तामाङ लगायतको जायजेथाबाट राज्यले निशानको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हुन्थ्यो ।

 

तर, प्रहरीले अपहरणकारीलाई गोली हानेर मारिदिएपछि अब यो केसमा पीडितले क्षतिपूर्ति नपाउने स्थिति आएको छ । फौजदारी अपराधमा अपराधीसँगै उसको अपराध पनि मरेसरह मानिन्छ । त्यसैले यो केसमा प्रतिवादीको समाप्ति भएको छ ।

 

अपहरणकारीहरुबाट निशानको परिवारले कति क्षतिपूर्ति पाउने भन्ने कुरा अदालतले तय गर्नसक्थ्यो, जसको ‘च्याप्टर क्लोज’ भएको छ ।

 

निशानलाई अपहरणपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार नगरी कानुनी कारवाही चलाएको भए उनीहरुमाथि ज्यानसम्बन्धी महलले गर्ने सजायँका अतिरिक्त थप १५ वर्ष कैद र डेढ लाख रुपैयाँसम्म नरिवाना हुन सक्ने नयाँ कानूनमा व्यवस्था छ । ज्यान मारेको हुनाले अपहरणकारीमाथि सर्वस्वसहित जन्म कैद हुने थियो ।

 

प्रहरीको गोली लागी मृत्यु भएका गोपाल तामाङलाई मुख्य अपराधी भनिए पनि अर्का अजय तामाङ पनि अपहरणकारी नै हुन् या मतियार मात्रै हुन् भन्ने खुल्नै नपाई प्रमाण नष्ट भएको छ । कानून अनुसार मतियारलाई आधामात्रै सजायँ हुन्छ । तर, अजय तामाङ पनि मुख्य अभियुक्तसँगै मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...