घर सम्पत्तिको लोभमा झन्दै बेचिएनन् युवती, यसरी उम्किन दलालको हातबाट



हाम्रो इकोनोमि

 

 

डडेल्धुराकी २२ वर्षीया एक युवतीलाई श्रीमानले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा परिन् । कलिलो उमेरमै विवाह गरेकी ती युवतीलाई श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह (दलाल) को फन्दामा परिन् ।

ती युवतीको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौं प्रलोभनमा पारेर भारत लग्दै गरेको अवस्थामा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्दार गरिएपछि रहस्य खुलेको हो । पाण्डेयले युवतीलाई कैलालीको धनगढीमा १२ कोठे घर र अन्य सम्पति समेत छ भन्दै फकाएर भारत लगिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।

कञ्चनपुर प्रहरी हिरासतमा रहेका पाण्डेयले युवतीलाई सामान किन्ने बहानामा दिल्ली लैजाँदै गड्डाचौकीमा पक्राउ परेका हुन् । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि गड्डाचौकीमा स्थापना गरिएको ‘थ्री एन्जल्स नेपाल’ संस्थाले गत असार २३ गते ती युवतीको उद्धार गरी आफ्नो संरक्षणमा राखेको छ ।

 

‘युवतीका श्रीमान् पनि भारतमै लामो समयदेखि मजदुरी गरिरहेका रहेछन्’, थ्री एन्जल्स नेपाल कञ्चनपुरका इन्चार्ज बेलु नेपालीले भने । आर्थिक अवस्था निकै कमजोर भएपछि ती युवती दलाल पाण्डेयको प्रलोभनमा परेकी खुलेको छ । पाण्डेयले ती युवतीलाई विवाह गर्ने प्रलोभन दिएको नेपालीले बताए ।

 

विवाहपछि भारतमै बस्दै आएकी युवतीका श्रीमान् अहिलेसम्म सम्पर्कमा आएका छैनन् । लामो प्रयासपछि मानव बेचबिखनमा सक्रिय पाण्डेयलाई डडेल्धुराको पोखराबाट प्रहरीले पक्राउ गरिएको हो । ‘युवतीको गहना समेत बेचेर श्रीमती भन्दै भारत लगिरहेको थियो’, थ्री एन्जल्स नेपालकी इन्चार्ज नेपाललीले भने । उनलाई सोधपुछका क्रममा नियन्त्रणमा लिएपछि अभियुक्त पाण्डेय भारतको बनबासातर्फ भागेका थिए । उनी भारतको झुलाघाट हँुदै बैतडीबाट डडेल्धुरा फर्किएका थिए ।

 

प्रहरीको सहयोगमा पक्राउ गरी अहिले पाण्डेयमाथि कानूनी कार्बाही अघि बढाइएको छ । ‘अनुसन्धानका क्रममा पाण्डेयको घरमा तीन वटी श्रीमती रहेको खुलेको छ’, नेपालीले भने, ‘दुई वटा श्रीमती घरमै छन्, अर्की श्रीमती बाहिर रहेको पाइएको छ ।

’ थ्री एन्जल्सले उद्धारपछि ती युवतीलाई आयमूलक सीपका लागि केन्द्रीय कार्यालय पोखरा पठाउने तयारी गरेको छ । ‘पोखरामा सीप सिकेर केही काम गर्ने योजनामा छु’” ती युवतीले भनिन् । पश्चिमीनाका गड्डाचौकीबाट पछिल्लो समय रोजगारीका लागि तेस्रो मुलुक जाने महिलाको संख्या बढ्दै गएको छ । घरबाट विभिन्न बहना बनाई दलालको सम्पर्कमा आएर सो नाकाबाट महिला सोझै दिल्ली पुग्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...