भदौ पहिलो साताभित्र केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एक हुन्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक भइसक्ने बताएका छन्।

 

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले २५ गतेसम्म तलबाट सुझाब मागेको र सोही सुझाबका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताए।

 

अध्यक्षले रिक्त रहेका संवैधानिक निकायमा पदपूिर्त गर्ने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको स्पष्ट पारे। उनले भने, ‘संविधानले व्यवस्था गरेअनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ ।

 

प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ।’ उनले न्यायालयको नेतृत्व खाली नहुने बताउँँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाइ नै मुख्य कुरा भएको बताए। ‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले हो।

 

त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरुले गर्ने छानबिनमा भर पर्छ,’ उनले भने, ‘संवैधानिक परिषदबाट सिफारिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नैपथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाइ समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानबिन गर्न पाउनुपर्छ भन्ने बहस छ। हामीले संसदको सर्वोच्चतालाई महत्व दियौँ र स्थापित गर्यौं।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...