प्रहरीको फेक ‘इन्काउन्टर’: प्रहरीले कोठाबाट समातेर जंगलमा लगेर विभत्स हत्या, पेन्टरसँग कहाँबाट आयो पेस्तोल ?



 

अपहरणकारीलाई प्रहरीले सुतिरहेको अवस्थामा पक्राउ गरी फेक इन्काउन्टरको नाटक रचेर जंगलमा विभत्स हत्या गरेको रहस्य बाहिर आएको छ । गत आईतबार साझ अपहरणमा सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं, काँडाघारी बस्ने ११ बर्षिय निशान खड्का अपहरण र हत्या प्रकरणले नयाँ रुप लिएको छ ।

 

पेन्टिङको काम गर्ने अपहरणमा संलग्न सिन्धुपाल्चोक कर्थलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ सानोठिमीस्थित श्याम लवटका घरमा डेरा गरि बस्दै आएका थिए । अजयको डेराबाटै सोमबार बिहान ७ बजे नै महानगरिय अपराध महाशाखाको टोलीले अपहरणकारीलाई नियन्त्रणमा लिएका थियो ।

 

सानोठिमी आसपासमा विहानैदेखी बाक्लो मात्रामा प्रहरी परिचालन भएका हुन्छन् । प्रहरीको एउटा समुह अजयको कोठाभित्र पर्छन् लग्गतै ढोका बन्द हुन्छ । केहि समय नविदै ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी कुटाईको मलाई बचाउँ मलाई बचाउँ भन्ने आवाज पटक पटक आउछ ।

 

सबै छिमेकीलाई बुझ्न र सोधिखोजी गर्न समेत प्रहरीले रोक लगाउछ । करिव १० बजे कोठाबाट प्रहरीको एक समुह बाहिर निस्किन्छ । घरबेटीलाई लिएर नयाँ बनाउँदै गरेको घरतर्फ लाग्छ । दुबैको सल्लाहमा अपहरणको योजना बनाएको हुन्छ । सबैतिर हल्लाह भएपछि आईतबार बेलुका अपहरणपछि राती साढे ९ बजे कोठामै मुखमा रुमाल खाँधेर घाँटीमा थिचेर बालक हत्या भईसकेको हुन्छ ।

 

प्रहरीको कुटपिटपछि अपहरितको हत्या भइसकेको उनीहरूकै स्वहिकार गरिसकेका हुन्छन् बयानकै आधारमा मानेर हत्या गरेर गाडेको ठाउँमा प्रहरी पुग्छ । गोपाल र अजयका घरबेटीले ठिमीकै नगदेश्वरमा बनाइरहेको नयाँ घरको पछाडिपट्टि खाल्डो खनेर बालकको शव पुरेको भन्ने उनीहरूको बयान पुष्टि हुन्छ ।

 

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी नायव उपरीक्षक रुगम कुँवरको एसएस्पी धिराजप्रताप सिहंलाई पटक पटक टोलीफोन सम्र्पक भइरहेकै हुन्छ ।

 

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोली र ठिमी प्रहरीले मध्यपुर नगरपालिका वडा नम्बर ७ स्थित स्थानीय श्याम लवटकै निर्माणाधीन घर शबलाई गाढेको ठाउँबाट केहीवेरमै शव निकाल्यो । त्यतिन्जेलसम्म घरबाहिर भिड जम्मा भएको थियो । आरोपी दुवैलाई आँखामा पट्टी बाँधेर बाहिर निकाल्यो, गाडीमा राखेर लिएर गयो । ११ बजे दुवै आरोपीलाई प्रहरीकै गाडीमा राखेर लगिएको थियो । एकाएक दिउँसो १ बजे खबर आयो, ‘घ्याम्पेडाँडामा प्रहरीसँगको मुठभेडमा दुई अपहरणकारीको मृत्यु ।

 

अपहरणकारी इन्काउन्टरमा मारिएको खबरले सामाजिक सञ्जालमा उत्साह जाग्यो । प्रहरीलाई फेसबुक र ट्विटरमा सलाम ठोकेर प्रशंसा पनि गरियो । यसले ‘हिरोइज्म’ जमाउने प्रहरी अधिकारीको महत्वाकांक्षा पूरा भएको छ । तर, बालकलाई किन बचाउन सकिएन भन्ने मूल विषय ओझेलमा परेको छ ।

 

प्रहरीले आरोपीलाई गिरफ्तार गरेको ठाउँभन्दा ११ किलोमिटर टाढा सूर्यविनायक नगरपालिका– ८ स्थित सुर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजिकै जंगलमा (जुन जंगल नेपाली सेनाको ब्यारेकले सुरक्षा दिदैं आएको) अपहरणकारीसँग प्रहरीको जम्काभेट भयो । त्यहाँ प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ मारिएको महानगरीय अपराध अनुसन्धान महाशाखा भन्यो ।

 

 

प्रहरीको महेन्द्रा गाडी आएको पन्ध्र मिनेटमै स्थानियले दोहोरो भिडन्त नभएको बताए । एक्कोरो पट्याङ पट्याङको आबाज आएको मात्रै सुनेको बताए । तयो लगत्तै केहि समय नवित्दै अन्य प्रहरीका गाडी आएका थिए । नेपाली सेनाको सुरक्षार्थ राखिएको पोण्टबाट नजिकै इन्काउन्टर हुदाँ समेत नेपाली सेना स्वयलाई पत्तो छैन्न् ।

 

जंगलमा लगेर इन्काउन्टरको नाममा मार्दा अपहरण र हत्याको उद्देश्य के थियो भन्ने विषयको अनुसन्धान स्वतः कमजोर भएको छ । किनकि, अपहरण र हत्या किन गरिएको थियो भनेर बयान दिन सक्ने दुवैजना मारिएका छन् । उनीहरू जंगलमा भाग्दै गरेको अवस्थामा मारिएको भन्ने प्रहरीले दाबी गरिसकेकाले त्यसअघि उनीहरूले आफ्नो डेरामा दिएको बयानसमेत औचित्यहीन भएको छ ।

 

गोपाल र उनका साथी अजय तामाङले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजे मात्र फर्किए । अहिलेसम्मको जानकारीअनुसार उनीहरूले त्यतिवेलासम्म बालकको अपहरण र हत्या गरेर खाल्डोमा गाड्नसमेत भ्याइसकेका थिए । डेरामा फर्कंदा पूरै हिलाम्य भएको र राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएको उनका छिमेकीहरूले बताए ।

 

पेन्टरसँग कहाँबाट आयो पेस्तोल ?
घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् । किनकि, अपहरण र हत्यापछि बालकको शव खाल्डोमा पुरेर उनीहरू आफ्नो डेरामा पुगेका छन् र लुगा धोएर रेलिङमा सुकाएर सुतेका छन् । त्यति मात्र होइन, बालककी आमालाई समेत फोन गरेर फिरौती मागेका छन् । यति गरिसकेपछि पनि आफ्नै कोठामा सुत्ने उनीहरू अपराधी नै भए पनि पेसेवर होइनन् । तर, प्रहरीले लास देखाउँदा उनीहरूको हातमा पेस्तोल छ ।

 

प्रहरीलाई फायरिङ गर्दै जंगल–जंगल भागेकाले जवाफी कारबाहीमा मारिएको भनिएको छ । गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन जुन साधारण मान्छेले समेत पत्याउन नसकिने छ । अपहरणकारीले प्रयोग गरिएको हतियारको विषयमा समेत प्रहरीले कुनै जानकारी गराएको छैन्न् । जुन दोहोरो भिडन्त भनिएको ठाउँमा अपहरणकारी हानेको गोलीको खोका समेत नभेटिनुले अर्को आशंका उभजाएको छ । अर्को गम्भिर कुरा बालकलाई गोली हानी किन हत्या गरेन्न् ।

 

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि यही क्षेत्रमा पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् । विद्यालयबाट निशान आउँदा नियमित ग्राहक गोपाल तामाङ पसलमै थिए । चमेलीले मोबाइल पुरानो भएकाले नयाँ किन्ने प्रसंग निकालिन्। किन्न जान गोपाल तत्पर भए । चमेलीले १५ सय रुपैयाँ दिएपछि छोरा निशान र गोपाल नयाँ मोबाइल किन्न गए ।

 

प्रहरीको फेक ‘इन्काउन्टर’ विषयलाई सोसल मिडियाहरुमा विषयलाई लिएर प्रहरीको चर्को आलोचना भईरहेको छ । यस विषयलाई सरकारले कसरी लिएको छ भनेर गृहमन्त्रालयमा हामी सोधेका थियौं । यस गृहमन्त्रालयले विषयलाई गम्भिरता रुपमा लिएको यस विषमा छनविन हुने सत्य तथ्य के हो बाहिर ल्याउने बताएको छ । उत्ता प्रहरी प्रधान कार्यालयले समेत शुष्म रुपमा अध्यायन भई रहेको दोषी भेटिए कार्हबाही हुने बताएको छ ।

 

उत्ता राष्ट्रिय मानव अधिकार आयोगले समेत नियन्त्रणमा लिएर प्रहरीबाटै हत्या भएको भन्ने मिडियाहरुमा समाचार आएको छ यस विषयलाई आयोगले गम्भिरतापुर्वक लिएर अध्यायन भईरहेको बताएको दोषी भेटिए सरकारसंग कडा भन्दा कडा कार्हबाहीको माग गर्ने बताएको छ ।

 

फर्किएर गोपालले सिमसमेत फेरिदिए । दई ओटा बियर खाएर साढे सात बजे उनी पसलबाट बाहिरिए । तर, त्यतै खेल्दै गरेका निशान अबेरसम्म डेरामा आएनन् । अचानक पौने ९ बजे चमेलीको मोबाइलमा फोन आयो, ‘तिम्रो छोरा हाम्रो कब्जामा छ, ४० लाख रुपैयाँ तयार पार ।’ तत्कालै उनले गुहार मागिन् । छिमेकीहरू जम्मा भए । प्रहरीलाई खबर भयो । तर, रातभरिको प्रयासबीच पनि बालक भेटिएनन् ।

 

उता, गोपाल र उनका साथी अजय तामाङले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजे मात्र फर्किए । अहिलेसम्मको जानकारीअनुसार उनीहरूले त्यतिवेलासम्म बालकको अपहरण र हत्या गरेर खाल्डोमा गाड्नसमेत भ्याइसकेका थिए । डेरामा फर्कंदा पूरै हिलाम्य भएको र राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएको उनका छिमेकीहरूले बताएका छन् ।

 

बालक निशान खड्काका अभिभावक मिहिनेती हुन् । सिन्धुपाल्चोक ज्यामिरेबाट काठमाडौं झरेर आमा चमेलीले सात वर्षदेखि चिया तथा खाजा पसल चलाएकी छिन् । बाबु मलेसियामा मजदुरी गर्छन् । मिहिनेती भए पनि आर्थिक रूपमा कमजोर नै देखिन्छ । किनकि, छोरा अपहरण हुनुभन्दा केही घन्टाअघि नयाँ मोबाइल किन्दा पनि उनले १५ सय मात्र खर्च गर्न सकेकी छिन् । यो यथार्थ अपहरणकारी भनिएका दुवैजनालाई पनि थाहा छ ।

 

 

किनकि, मोबाइल किन्न स्वयं गोपाल गएका थिए र उनीहरू दुवैजना चार वर्षदेखि पसलका नियमित ग्राहक थिए । तर, सबै अवस्था थाहा भएका आरोपीले बालककी आमासँग ४० लाख रुपैयाँ मागेको घटना आफैँमा आश्चर्यजनक छ । त्यसकारण पनि अपहरणको उद्देश्य पैसा मात्र नभएर अन्य प्रतिशोध पनि हुन सक्छ । घटनामा दुईजना मात्र नभएर पर्दापछाडि अरू पनि संलग्न हुन सक्छन् । तर, प्रहरीले आरोपी दुवैजनालाई कठघरामा उभ्याएर रहस्य उजागर गर्न होइन, पर्दा लगाउन हतार गरेको छ ।

 

विगतको महाशाखाको पछिल्लो रेकर्ड नै इन्काउन्टर देखिएको छ । जस्तैगरी होडवाजीका लागी फेक इन्काउन्टरको नाटक रचेको प्रष्ट हुन् आउँछ ।
यद्धपी महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएस्पी धिराजप्रताप सिहले यस विषयमा जानकारी लिन खोज्दा प्रहरीसंग दोहोरो भिडन्तमा अपहरणकारी मारिएको बताए । अन्य विषयमा केहि बोल्न चाहेन्न् ।

 

यस विषयमा जानकारी लिन खोज्दा महानगरीय प्रहरी वृत्त, ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसीले भने महानगरीय प्रहरी अपराध महाशाखाको टोली गरेको अप्रेसन हुदाँ यस विषयमा महाशाखामै बुझ्न भने ।

 

प्रहरीको फेक ‘इन्काउन्टर’ विषयलाई सोसल मिडियाहरुमा विषयलाई लिएर प्रहरीको चर्को आलोचना भईरहेको छ । यस विषयलाई सरकारले कसरी लिएको छ भनेर गृहमन्त्रालयमा हामी सोधेका थियौं । यस गृहमन्त्रालयले विषयलाई गम्भिरता रुपमा लिएको यस विषमा छनविन हुने सत्य तथ्य के हो बाहिर ल्याउने बताएको छ । प्रहरी प्रधान कार्यालयले समेत शुष्म रुपमा अध्यायन भई रहेको दोषी भेटिए कार्हबाही हुने बताएको छ ।

 

उत्ता राष्ट्रिय मानव अधिकार आयोगले समेत नियन्त्रणमा लिएर प्रहरीबाटै हत्या भएको भन्ने मिडियाहरुमा समाचार आएको छ यस विषयलाई आयोगले गम्भिरतापुर्वक लिएर अध्यायन भईरहेको बताएको दोषी भेटिए सरकारसंग कडा भन्दा कडा कार्हबाहीको माग गर्ने बताएको छ ।जनताटाइम्सले जनाएको छ ।

 

प्रहरीको विगतको ‘इन्काउन्टर’लाई समेत प्रश्न उब्जाएको छ । विगतकम समेत प्रहरीले फेक ‘इन्काउन्टर’ गरेको त होईन्न् भन्ने विषयमा प्रहरी नेतृत्व र प्रशासनमाथी गभ्भिर प्रश्न चिन्ह उठेको छ । यसरी प्रहरी नेतृत्व हिरो हुने बाहाना कतै जिरो हुने खतरामा धिराजप्रताप सिंह हुने होईन्न ?

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न