नुरप्रसाद बाबुको लास किन उठाउँदैनन,आमालाई मृत्युशैयामा बस्न किन जबर्जस्ती गर्छन् , यस्तो छ कारण



हाम्रो इकोनोमि

 

भाइ कृष्णप्रसाद अधिकारीको २०६१ सालमा माओवादीले हत्या गरेपछि विक्षिप्त बनेका नुरप्रसाद अधिकारी साउन २० गते लामो समयको भूमिगत बसाइपछि सार्वजनिक भएका छन् ।

 

उनकी वीरअस्पतालमा उपचाररत आमा गंगामायाले सरकारलाई छोरा खोजिदिन आग्रह गरेपछि उनलाई प्रहरीले खोजी गरी आमाको जिम्मा लगाएको हो ।

 

वीर अस्पतालमा आमासंग रहेका नुरप्रसादले भने सामाजिक संजालमा विचार राख्दै भनेका छन् –‘मेरो स्वतन्त्रता र स्वाभीमानमा अंकुश लगाउने अनि मलाई बुबाको लास र आमाको मृत्युशैयामा जबर्जस्ती दलाली गर् नत्र राम्रो हुँदैन भनेर जबर्जस्ती माओवादी सरकारले उच्च अदालत पाटनको गेटैबाट साउन २० गते समातेर राखेको छ ।

 

आमासित पनि भेट भयो । मलाई समात्ने पुलिसलाई मैले बुबाको लास र आमाको मृत्युशैया व्यापारी नबनाउ आमाको न्यायको काम गर भनेर बसेको भनेको छु ।’

 

उनले अगाडि लेखेका छन् –‘जबर्जस्ती समातेर लासमा तैले राजनीति र व्यापार गर्नुपर्छ भन्ने गरिँदै आएको छ । यो मबाट स्वीकार्य छैन । माओवादी सरकारले चरित्र हत्या गर्ने अनि आफूजस्तै व्यापारी र अपराधी बन्न दबाब चर्को दिइरहेको छ । आज यो कुरा सार्वजनिक गर्न पाएको छु ।’

 

यसबाट अझै स्पष्ट हुन्छ कि अहिलेको सरकारले नुरप्रसादलाई दबाब दिइरहेको छ । कृष्णप्रसादको हत्या भइसकेपछिका जति पनि गतिविधि भए ती अब मानवअधिकारका विषय हुन् । अब नुरप्रसादको मात्र विषय एक्लो भएन । कृष्णप्रसादका हत्यारालाई कार्वाही गर्न माग राख्दै आमरण अनसनमा बसेका उनका बुबा नन्दप्रसादको २०७१ साल असोज ६ गते आमरण अनसनकै अवस्थामा वीर अस्पतालमा मृत्यु भएको थियो ।

 

सरकारले त्यतिबेलै उनको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखेको थियो । अहिले पनि शब त्यहीं छ भनिएको छ । नन्दप्रसादको दाहसंस्कारसमेत हुन सकेको छैन । त्यसउप्रान्त गंगामाया निरन्तर अनसनमै छिन् ।

उनी वीर अस्पतालमै रहेकी छिन् ।

 

यसअघि तत्कालीन माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत खुलेआम कृष्णप्रसादको हत्या माओवादीले नै गरेको स्वीकारेका थिए ।

 

यसरी स्वीकार्दासमेत हत्यारालाई कार्वाही हुन सकेको छैन । केही समयअघि हत्यामा संलग्न भनिएका १३ जनामध्येका एक छविलाल पौडेलले भने सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।

 

पौडेल अहिले डिल्लीबजारस्थित चारखाल कारागारमा रहेका छन् । पौडेल जेल गएपछि पनि प्रचण्डले फेरि बोलेका थिए –मेरै आग्रहमा पौडेलले आत्मसमर्पण गरेका हुन् । यसले नेपाल कम्युनिष्ट पार्टीको राजनीति थप स्पष्ट हुन्छ । प्रचण्डले यसो भनिरहँदा उनका पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि यो राजनीतिका हकदार भएका छन् ।

 

यो मानवहत्याको राजनीतिमा नुरप्रसादको सामाजिक संजालबाट दिइएको सन्देशले तत्कालीन माओवादी एवं अहिलेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नुरप्रसादलाई सहमति गर्न दबाब दिएको बुझिन्छ ।

 

यसैबीच, चितवन जिल्ला अदालतमा कृष्णप्रसादको फाइल फेरि खुलेको छ । भाइको हत्यापछि नुरप्रसाद र बाबु नन्दप्रसादले हत्यारालाई कार्वाही गर्न निवेदन दिएका थिए ।

अदालतले निवेदक नुरप्रसादलाई झिकाउने आदेशसमेत दिइसकेको छ ।

 

यता, मानवअधिकारकर्मी चरण प्रसाईका अनुसार नुरप्रसादलाई अदालतप्रति विश्वास छैन । उनको भनाई उधृत गर्दै प्रसाईले भने, ‘उहाँलाई अदालतको गतिविधिप्रति विश्वास छैन, लामो समय अल्झाएर राजनीति गरेको उहाँको ठहर छ ।’

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...