कालिगण्डकीले वगायो मुस्ताङको कागबेनीदेखि तिरी जोड्ने पुल



हाम्रो इकोनोमि

 

हिमाली जिल्ला मुस्ताङमा लगातारको वर्षात पछि कालिगण्डकी नदीको पानीको सतह अत्यधिक रुपमा बृद्धि भएको छ। नदीको सतह बढेसँगै कटानका कारण वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा न ४ तिरीमीन्दिमा पर्ने कागबेनीदेखि तिरी जोड्ने काठेपुल सोमबार साँझ  कालीगण्डकी नदिले बगाएको छ।

 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ धाराका अनुसार करिव २ वर्ष अघि सांंसद बिकास कोषको करिव १३ लाख लगानी र स्थानीय जनश्रमदान जुटाएर निर्माण गरिएको थियो। उक्त पुल संञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तिरीका करिव १५ घरधुरी लाभान्वित भएका थिए।

 

पुल संञ्चालन भएपछि साङता हुदै डोल्पा जान, कागबेनी र तिरीका स्थानीयलाई सहज भएकव थियो। तिरी जानलाई मोटरसाईकल यात्रा गर्न, चौपाया चरन तथा पर्यटकहरु बैकल्पिक पदमार्ग हुँदै उपल्लो मुस्ताङ जान पनि सहज भएको पुल वगाउँदा स्थानियहरु मारमा परेका छन्।

 

नदीले पुल बगाएपछि तिरी गाउँका स्थानियहरु, कागबेनीका कृषकहरुलाई, डोल्पा जाने यात्रुहरु, बैकल्पिक पदमार्ग हुँदै उपल्लो मुस्ताङ जाने पर्यटकहरुलाई पुर्ण रुपमा प्रवाभित भएको मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेम प्रसाद तुलाचनले बताए। पुल निर्माणको लागि तत्कालै प्राविधिक खटाई, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गररि पुन निर्माण गरिने सांसद तुलाचनले जानकारी दिए।

 

उक्त पुल बगाएको स्थलमा मंगलवार बिहानै गण्डकि प्रदेश चन्द्र मोहन गौचन, पूर्व सासद श्रीमाया थकाली, प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, प्रहरी नायब उपरीक्षक महेन्द्र खड्गा, घरपझोङ गाउपालिकाको अध्यक्ष आसबहादुर थकाली र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङको टोलीले निरीक्षण गरेको थियो।

 

वाढीले पुर्‍याएको क्षतीमा सरकारका तर्फबाट क्षतिपुर्ति दिलाउन केन्द्र तथा प्रदेश सरकारमा माग राखिने गण्डकी प्रदेश चन्द्र मोहन गौचनले बताए।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...