हेटौँडा–कुलेखानी यातायात अवरुद्ध



हाम्रो इकोनोमि

हिजो रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फाखेलस्थित महालक्ष्मी डाँडामा आइरहेको पहिरो बिहानैदेखि हटाउने काम भइरहेको र हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा सञ्चालनका लागि प्रयास भइरहेको मकवानपुरका प्रजिअ आसमान तामाङले राससलाई जानकारी दिनुभयो ।

यसैगरी सिस्नेरी प्रहरी चौकीका अनुसार इन्द्रसरोवर गाउँपालिका–३ मदन भण्डारी राजपथअन्तर्गत पर्ने सिस्नेरी डाँडामा गएराति पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

सिस्नेरी डाँडामा गएको पहिरोलाई आज साँझसम्म हटाई हेटौँडा–काठमाडौँतर्फ यातायात सञ्चालन गर्न काम भइरहेको जनाइएको छ ।

सडक अबरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौैँडा आइरहेका सुमो, जीप, कार, मोटरसाइकलमा सवार यात्रु बिहानैदेखि अलपत्र अलपत्र छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...