कालो दिन भन्दै पूर्वका नौ जिल्ला बन्द, लिम्बुवानले भन्यो पृथ्वी नारायण शाह गद्धार हुन



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले मंगलबार पूर्वमा एक दिन वन्दको आहवान गरेको छ । वन्द आह्वान गरेको कारण पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभाबित बनेको छ ।

 

पृथ्वी नारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ ।लिम्बुवानले पृथ्वी नारायण शाहलाई गद्धार घोषण गरेका छन र नारा पनि त्यही लगाएका छन ।

 

पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु चलेका छैनन् ।

 

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन नसक्दा जनजीबन कष्टकर बनेको छ । बजार पसल, शिक्षण संस्था, उद्योग धन्दालगायतमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण यात्रामा रहेका

सर्वसाधारण बढी मारमा परेका छन् ।

एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...