कालो दिन भन्दै पूर्वका नौ जिल्ला बन्द, लिम्बुवानले भन्यो पृथ्वी नारायण शाह गद्धार हुन



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले मंगलबार पूर्वमा एक दिन वन्दको आहवान गरेको छ । वन्द आह्वान गरेको कारण पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभाबित बनेको छ ।

 

पृथ्वी नारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ ।लिम्बुवानले पृथ्वी नारायण शाहलाई गद्धार घोषण गरेका छन र नारा पनि त्यही लगाएका छन ।

 

पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु चलेका छैनन् ।

 

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन नसक्दा जनजीबन कष्टकर बनेको छ । बजार पसल, शिक्षण संस्था, उद्योग धन्दालगायतमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण यात्रामा रहेका

सर्वसाधारण बढी मारमा परेका छन् ।

एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...