मौसम अझै बिग्रिएकै छ, यस्तो छ बिहिबारसम्मको सम्भावना, कहाँ कहाँ ठुलो पानी पर्छ



हाम्रो इकोनोमि

 

मौसम पूर्वानुमान महाशाखाले मौसममा अझै सुधार भइनसकेको जनाएको छ । महाशाखाका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा भइरहने छ । मंगलबार पनि वर्षा भइरहने छ भने बुधबारदेखि केही सुधार हुनेछ ।

 

महाशाखाले साउन २२ गते (मंगलबार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ। दिउँसो देशका थोरै स्थानमा भारी बर्षाको सम्भावना रहेको छ भने रातको समयमा मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

 

साउन २३ गते बुधबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ। मंगलबार राति पूर्व तथा मध्यका एक वा दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

साउन २४ गते बिहिबार दिउँसो र राति देशभर सामान्यतया बदली रही देशका केहि स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ।

 

के छ नदीनालाको स्थिति ?
यता, बाढी पूर्वानुमान शाखाले हाल देशको कुनै पनि नदीनालाहरुमा खतरातह भन्दा माथि बहाब नरहेको जनाएको छ ।

बुधबार बेलुकीसम्म खतरा तह पार गर्ने संभावना न्युन रहेको पनि शाखाले जनाएको छ ।

तर देशैभर हल्कादेखि मध्यम वर्षा र केही स्थानमा क्षणिक भारी वर्षाको संभावना भएकोले स–साना खोलानाला आसपास सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...