यस्तो छ अपहरणपछि हत्या भएका निशानको पारिवारिक अवस्था, श्रीमान मलेसियामा, श्रीमतीको सामन्य होटल



 

 

काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरण भयो। उनी अपहरणमा परेको भेउ परिवारले अाइतबार साँझ नै पाइसकेका थियो। आफ्नो छोरा अपहरण परेको खबर उनकी अामा चमेली खड्काले प्रहरीलाई दिइसकेकी थिइन्।

 

अपहरणको सूचना पाउनसाथ काठमाडौं महानगरीय प्रहरी परिसर, भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको छुट्टाछुट्टै टोली बालक अपहरणपछि राखिको गोप्य ठाउँको खोजीमा आइतबार राति देखिनै ‘मुभ’ भइसकेका थियो।

 

सोही क्रममा अपराध महाशाखाको टोलीलाई सोमबार १२ बजे सूचना प्राप्त भयो, ‘बालक भक्तपुर थिमी नगरपालिकास्थित एक घरभित्र बन्दक बनाएर राखिएको छ।’ सोही सूचना पाउन साथ ‘रेस्क्यु’ गर्न अपराध महाशाखाको टोली थिमी पुग्यो।

 

थिमी पुग्दा प्रहरीलाई लागिसकेको थियो, अपहरणकारी समूहले आफूहरूमाथि समेत आक्रमणको प्रयास गर्न सक्छन्। उत्पन्न हुने परिस्थितिको जवाफी कारबाही योजनासहित पुगेको प्रहरी टोलीले बालकको जीवितै उद्दार गर्न भने सकेन। प्रहरीले निशानको शव सोमबार दिउँसो १:३० बजे नगदेशको श्याम लवटको निर्माणाधीन घरमा फेला पार्‍यो।

 

‘बालक राखेको सूचना पाएर प्रहरी टोली थिमी पुग्दा अपहरणकारीले बालकको हत्या गरेर फरार भइसकेका थिए,’ अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले भने, ‘अपहरणकारीको खोजी गर्ने क्रममा भक्तपुरको सूर्यविनायक नगरपालिका-८ पाइलटबाबाको आश्रममा जाने जंगलमा प्रहरी टोली पुग्दा प्रहरीमाथि नै ‘फाइरिङग’ गर्न थालेपछि जवाफी कारबाहीमा परी अपहरणकारी मारिएका हुन्।’ प्रवक्ता उप्रेतीका अनुसार दुवैजनामाथि प्रहरीले १५ राउन्डभन्दा बढी गोली चलाएको थियो। उनीहरु दुवैको घटनास्थलमै ज्यान गएको हो।

को हुन् प्रहरीको इन्काउन्टरमा मारिनेद्वय तामाङ

 

आइतबार साँझ काठमाडौंको काँडाघारीबाट खड्काको अपहरणपछि हत्या गर्ने नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली १ का २३ वर्षीय अजय तामाङ हुन्। उनीहरू अपराधिक दुनियाँमा रमान चाहने युवा भए पनि यस अघि कुनै अपराधमा संलग्न भएको अहिलेसम्म रेकर्ड फेला नपरेको र अनुसन्धानकै क्रममा रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए।

 

सामान्य परिवारका बालक हुन् निशान

अपहरणमा मारिएका बालक निशान खड्काको पारिवाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। सिन्धपाल्चोक ज्यामिरे ९ का स्थानीयवासी हुन् बालक निशान। उनी आमासँगै काँडाघारीमा डेरामा बस्दै आएका थिए।  उनकी आमा चमेली खड्का पाँच/छ वर्षयता चिया पसल चलाउँदै आएकी छन्। उनका बुवा भने वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन्।

 

काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशानलाई अजय र गोपालले अपहरणपछि उनकी आमा चमेली खड्कालाई फोनमार्फत ४० लाख रुपैयाँ फिरौति रकम मागेका थिए। फिरौति रकम समयमै दिन नसक्दा उनको हत्या भएको प्रारम्भिक अनुमान प्रहरीको छ। यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता प्रहरी उपरीक्षक उप्रेतीले बताए।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न