अपरहणकारीले प्रहरीमाथि नै गोली चलाएपछि दोहोरो भिडण्त, गोलीका १३ खोका भेटिए



 

बालकको हत्यापछि भक्तपुरको सूर्यविनायकमा प्रहरीले अपरहणकारीमाथि गरेको कारबाही ईन्काउन्टर नभएको बताईएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय श्रेष्ठले यो ईन्काउटर नभएको बताएका छन् ।

 

उनले भने, ‘प्रहरीमाथि नै गोली चल्यो । प्रहरीले प्रतिरक्षा कारबाही गरेको हो । प्रहरीले मारेको भन्ने होईन । प्रतिरक्षा कारबाहीमा मरेको भन्नु पर्दछ ।’ मुठभेड भएको ठाउँमा गोलीका १३ वटा खोका भेटिएका छन् । अपहरणकारीबाट कति राउण्ड फायरिङ भयो र प्रहरीबाट कति फायरिङ भयो भन्ने जाँच पड्ताल भईरहेको र मुचुल्का उठाउने काम भईरहेको उनले बताए ।

 

अपहरणकारीलाई प्रहरीले मारेको भनेर खबरहरु आए, उनले भने, ‘यो ईन्काउन्टर नभएकाले मारेको भन्न मिल्दैन ।’ अपहरणकारी अजय तामाङ र गोपाल तामाङ प्रहरी कारबाहीका मारिएका हुन् ।  ११ वर्षीय निशान खड्काको शव भक्तपुरको ठिमीमा निर्माणधिन घरमा फेला परेको प्रहरीले जनाएको छ । अपहरण गर्नेलाई पक्राउ गर्ने क्रममा दोहोरो फायरिङ भएको थियो । घटनास्थलमा प्रहरीले एक थान पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिमकार्ड भेट्टाएको छ ।

 

दुवै अपहरणकारी चिनजानकै 
दुवै अपहरणकारी बालकका चिनजानकै व्यक्ति हुन् । उनीहरु हिजो आइतबार दिउँसो नै बालकको आमाले चलाउँदै आएको सञ्चालन गर्ने खाजा पसलमा बसेका थिए । साँझ मोबाई किन्ने र घुम्ने बहाना बनाएर उनीहरु बच्चालाई लिएर हिँडेका थिए ।

सिन्धुपाल्चोक ज्यामिरे स्थायी घर भई अहिले काडाँघारीमा आमासँग डेरामा बस्दै आएका  निशानको अपहरपछि, उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागे ।

 

निशानका बुबा गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा पढ्दै थिए ।निशानकी आमा चमेलीका अनुसार स्कुलबाट आएपछि निशान गोपालसँगै मोबाइल किन्न गएका थिए । पेन्टिङको काम गर्ने उनी निकै समयदेखि चमेलीको पसलमा खाना तथा खाना खाने गर्थे ।

 

आइतबार पनि उनले वियर खाएर निस्केको र मोबाइल पसलमा छोडेर हिँडेको चमेलीले बताईन् । निशान अबरसम्म नभेटिएपछि सोधीखोजी सुरु भयो । निशानकी आमाले राति ९ बजेतिर आफूलाई फोन आएको र ४० लाख रुपैयाँ फिरौती मागेको बताईन् । छिमेकीको सहयोगमा उनले प्रहरीलाई खबर गरिन् ।  प्रहरीले तत्कालै खोजी थाल्यो । तर, निशान भेटिएनन् ।

 

सोमबार विहान ठिमीमा निर्माणाधिन घरको जगमा उठाइएको वालसँगैको हिलाम्मे खाल्डोमा गाडिएकाे अवस्थामा भेटिएका निशानको मुखमा कपडा कोचिएको थियो भने खुट्टा सेतो टेपले बाँधिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीले बालकको रातिनै हत्या गरिएको अनुमान गरेपनि यकिन नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न