जंगलमा अपहरणकारीसँग जम्काभेट भएपछि भिडन्त, यसरी मारिए अपहरणकारी : एसएसपी धीरजप्रताप सिंह



 

काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुरथिमिमा ल्याइएका बालकको अपहरणकारीले हत्या गरेका छन् ।

 

बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसँगको भिडन्तमा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । महाशाखाबाट खटिएर आएका प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वको प्रहरी टोलीसँगको भिडन्तमा अपहरणकारी नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ र सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङको मृत्यु भएको छ ।

 

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भई हाल टाउन प्लानिङमा बालकको आमा चमेली खड्काले सञ्चालन गरेको खाजा पसलबाट आइतबार साँझ ६ बजे अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणकारीले हत्या गरी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।

 

प्रहरीले मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारको तल एक निर्माणाधीन घरको हिलामा तीन फिट तल गाडिएको अवस्थामा शव फेला पारेको हो । अपहरणकारीले बालकका मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा मध्याह्न १२ बजे शव भेटिएको हो ।

 

वरिष्ठ प्रहरी उपरीक्षक सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाएलगत्तै घटनामा खटिएका महाशाखाका पाँच टोलीले सूर्यविनायक जंगल क्षेत्रमा केन्द्रित भएर खोजी गरेको थियो ।

 

अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका– ८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजीकै जंगलमा अपहरणकारीसँग जम्काभेट भएपछि भिडन्त भएको थियो । सिंहले भने, “सूर्यविनायक जंगलमा अपहरणकारी लुकेर बसेको अवस्थामा जम्काभेट भयो, पक्राउ गर्न खोज्दा अपहरणकारीले गोली चलाए, त्यसपछि प्रहरी टोलीले जवाफी फायर गर्‍यो, प्रहरीसँगको मुठभेडमा दुवै अपहरणकारी मारिए ।”

 

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउण्ड गोली र मोबाइल बरामद गरेको उनले जानकारी दिए । अपहरणकारीको शव मुचुल्का गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ ।

 

खड्काले सञ्चालन गरेको पसलमा आइरहने तामाङले आइतबार पसलमा आएर बालकसँग केहीबेर खेलेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । साँझ बालकलाई घुम्न जाने बहानामा फकाएर लगिएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरीवृत्त थिमिको प्रहरी टोलीले बताएको छ । साँझ छ बजे हराएको बालक राति ८ बजेसम्म घर नआएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले ८ बजेदेखि नै बालकको खोजी गरे पनि राति ९ बजे दुईपटक अपहरणकारीले बालकको आमालाई फोन गरेर रु ४० लाख फिरौती माग गरेपछि बालक अपहरणमा परेको खुलासा भएको थियो ।

 

प्रहरीका अनुसार बालक अपहरण भएको जानकारी पाएलगत्तै काडाँघारी प्रहरी प्रभागका प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिका प्रहरी तथा अपराध महाशाखाका करीब १५० जनाको प्रहरी टोली राति नै परिचालन भएर अपहरणकारीको खोजी गरेको थियो ।

 

सोमबार बिहान अपहरणकारी थिमि धुञ्चेपाखा, नगदेश क्षेत्रमा रहेको जानकारी पाएपछि प्रहरी त्यसक्षेत्र परिचालन भएको थियो । प्रहरीले बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला पारेपछि फरार अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा लुकेको सुराकी पाएलगत्तै प्रहरीका् पाँच टोली त्यसतर्फ गएका थिए ।

 

मृतकका बाबु गणेश केही वर्षदेखि मलेसियामा कार्यरत छन् भने बालक टाउन प्लानिङस्थित हाइल्याण्ड सेकेण्डरी स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न