निशानकी आमाले काँडाघारीमा चलाएको आफ्नै होटलको ग्रहकले हत्या गरेको खुलासा, गोपाल र अजय नियमित ग्राहक



हाम्रो इकोनोमि

 

काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको खुलेको छ । उनलाई अपहरणपछि हत्या गरेर भाग्दै गरेका दुई जना सूर्यविनायकको पाइलटबाबा जंगलमा प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् ।

 

निशानकी आमा चमेली काँडाघारीमा होटल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

 

निशान आइतबार नै अपहरणमा परेका थिए । साँझ चमेली छोरा अपहरणमा परेको भन्दै फिरौती माग भयो । करोडबाट सुरु भएको बार्गेनिङ ४० लाखमा झरेको थियो ।

 

सोमबार मध्याहृन ठिमी ९ स्थित एक निर्माणधीन घरमाम गाडेको अवस्थामा बालकको शव भेटिएको छ । अपहरणकारी पाइलट बाबा जंगलतर्फ भागेको सूचनाका आधारमा गएको प्रहरीसँग मुठभेड हुँदा नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङ मारिएका छन् ।

 

प्रहरीका अनुसार उनीहरु दुबै चमेलीको खाजा घरमा नियमित आउँथे । चमेलीहरुलाई अर्डरअनुसार खाना तथा खाजा खुवाउँथिन् ।

तर, जसलाई उनले महिनौंसम्म खाना खुवाइन्, उनीहरुले नै निशानको ज्यान लिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...