निशानकी आमाले काँडाघारीमा चलाएको आफ्नै होटलको ग्रहकले हत्या गरेको खुलासा, गोपाल र अजय नियमित ग्राहक



हाम्रो इकोनोमि

 

काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको खुलेको छ । उनलाई अपहरणपछि हत्या गरेर भाग्दै गरेका दुई जना सूर्यविनायकको पाइलटबाबा जंगलमा प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् ।

 

निशानकी आमा चमेली काँडाघारीमा होटल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

 

निशान आइतबार नै अपहरणमा परेका थिए । साँझ चमेली छोरा अपहरणमा परेको भन्दै फिरौती माग भयो । करोडबाट सुरु भएको बार्गेनिङ ४० लाखमा झरेको थियो ।

 

सोमबार मध्याहृन ठिमी ९ स्थित एक निर्माणधीन घरमाम गाडेको अवस्थामा बालकको शव भेटिएको छ । अपहरणकारी पाइलट बाबा जंगलतर्फ भागेको सूचनाका आधारमा गएको प्रहरीसँग मुठभेड हुँदा नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङ मारिएका छन् ।

 

प्रहरीका अनुसार उनीहरु दुबै चमेलीको खाजा घरमा नियमित आउँथे । चमेलीहरुलाई अर्डरअनुसार खाना तथा खाजा खुवाउँथिन् ।

तर, जसलाई उनले महिनौंसम्म खाना खुवाइन्, उनीहरुले नै निशानको ज्यान लिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...