यस्तो अवस्थामा भेटीयो बालकको शव, यसरी मारीएको थियो निशानलाई



हाम्रो इकोनोमि

 

आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ ।

ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हिलोमा टाउको जोतेर हत्या गरीएको थियो ।
बालकलाई धेरै यातनापछि मारीएको  देखिन्छ । शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।

 

अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।

अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा २ जना अपहरणकारीसमेत मृत्यु भएको छ ।

 

अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जङ्गलमा अपरान्ह १ बजे अपहरणकारीलाई इन्काउन्टर गरी मारेको छ ।

 

अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

 

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।

इन्काउण्टरमा मारिएका अपहरणकारीको नाम खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...