छुरा प्रहार गरी भतिजले गरे काकाको हत्या, यसरी परे अपराधी प्रहरीको खोरमा



हाम्रो इकोनोमि

 

जनकपुरधाम-गोली हानी एक युवकको हत्या भएको तीनदिन नबित्दै धनुषामा फेरी एकजनाको छुरा प्रहार गरी हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ बेंगाशिवपुरमा ५२ वर्षिय रामवृक्ष यादवको छुरा प्रहार गरी हत्या भएको हो ।

दुई दाजुभाइबीचको झगडामा छुरा चल्दा घाइते भएका रामवृक्षको ज्यान गएको धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले जानकारी दिए । यसैगरी छुरा प्रहारबाटै रामृक्षका २८ वर्षीय छोरा रामसोगारथ यादव गंभीर घाइते भएका छन् । रामसोगारथको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरेको भन्दै प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रामवृक्षका भाइ अरुण यादव र भतिज अतिसुन्दर यादव रहेको एसपी थपलियाले बताए । अरुण र अतिसुन्दर बाबुछोरा हुन् । बाबुछोराबीचको विवादका क्रममा छुरा प्रहार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार अबेर राति दाजुभाइ रामवृक्ष र अरुणबीच विवाद भएको थियो र सोहि क्रममा छुरा चलेको हो । पक्राउ परेका अरुण र अतिसुन्दर विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...