छुरा प्रहार गरी भतिजले गरे काकाको हत्या, यसरी परे अपराधी प्रहरीको खोरमा



हाम्रो इकोनोमि

 

जनकपुरधाम-गोली हानी एक युवकको हत्या भएको तीनदिन नबित्दै धनुषामा फेरी एकजनाको छुरा प्रहार गरी हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ बेंगाशिवपुरमा ५२ वर्षिय रामवृक्ष यादवको छुरा प्रहार गरी हत्या भएको हो ।

दुई दाजुभाइबीचको झगडामा छुरा चल्दा घाइते भएका रामवृक्षको ज्यान गएको धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले जानकारी दिए । यसैगरी छुरा प्रहारबाटै रामृक्षका २८ वर्षीय छोरा रामसोगारथ यादव गंभीर घाइते भएका छन् । रामसोगारथको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरेको भन्दै प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रामवृक्षका भाइ अरुण यादव र भतिज अतिसुन्दर यादव रहेको एसपी थपलियाले बताए । अरुण र अतिसुन्दर बाबुछोरा हुन् । बाबुछोराबीचको विवादका क्रममा छुरा प्रहार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार अबेर राति दाजुभाइ रामवृक्ष र अरुणबीच विवाद भएको थियो र सोहि क्रममा छुरा चलेको हो । पक्राउ परेका अरुण र अतिसुन्दर विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...