कोरिया जाने कामदारको स्वास्थ्य परीक्षण भदौ ४ देखि



हाम्रो इकोनोमि

 

सन् २०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु हुने भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको छ ।

 

यो वर्ष ७ हजार ९९६ जना भाषा परीक्षा पास भएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल-कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

 

स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन् । ८ गतेबाट लगातार ८ दिनसम्म फारम भरिने उनले जानकारी दिए ।

 

आवेदन फारम भरेकाहरुको नाम कोरियाले प्रमाणित गरेपछि रोष्टरमा चढ्नेछ । त्यसपछि मात्रै कोरियन रोजगारदाताले उनीहरुको छनोट गर्न सक्छन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने भण्डारीले बताए ।

 

गत वर्ष पास भएका १२ हजारमध्ये हालसम्म ५ हजार ५ सय जना कोरिया उडेका छन् । झण्डै ६ हजार ५ जना लेबर कन्ट्रयाक्टको प्रतीक्षामा छन् ।

 

विभागले हालै ईपीएसकै सीबीटी परीक्षाका लागि आवेदन लिएको छ । कोरियामा रोजगारी गरेर फर्किएकाहरुले यो परीक्षा दिन पाउँछन् , कम्प्युटरका माध्यमबाट लिइने यो परीक्षामा सहभागी हुन ३ हजार ३०४ जनाले आवेदन दिएको भण्डारीले बताए ।

 

उनीहरुको परीक्षा भदौको दोस्रो हप्ताबाट सञ्चालन गर्न शाखाले प्रस्ताव गरेको छ । सबै परीक्षार्थीको परीक्षा लिन करिब ४० दिनभन्दा बढी लाग्ने भण्डारी बताउँछन् ।

सीबीटी परीक्षा पास गरेकाले फेरि कोरियमा रोजगारीका लागि जान पाउँछन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...