प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले यसरी थर्काए, भने अब उतै गएर बसे हुन्छ



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारामा बोलेको बोलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।

 

प्रचण्डले बाराको कार्यक्रममा हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने अब उतै गएर बसे हुन्छ तपाँई नेपालमा आवश्यक भएन ।

 

प्रचण्डले बाराको कार्यक्रममा हिन्दी भाषाको प्रयोग गरी भाषण गर्ने क्रममा स्थानीयसंग ‘मलार्इ भारतले बोलाएको छ यहाँको विकासको कुरा राख्ने छु’ भनेका थिए । यही विषयलाई उठान गर्दै नेता भण्डारीले ‘नेपालको विकासको कुरा भारतसंग भन्न हुन्छ ?’ भनी प्रश्न गरेका हुन् ।

 

नेता भण्डारीले हुलाकी सडक भारतले बनाइदिने नाममा तराई कति वर्ष पछि परेको छ ? भनी प्रश्न गर्दै भारतसंग तरार्इको डुबानका कुरा, सुस्ताका समस्या, सिमाना मिचिएका कुरा, सिमा प्रहरीबाट जनताले पाएका सास्ती, लिपुलेकका कुरा, तरार्इमा बढ्दै गएका हिंसाका कुरा उठाउँछु भन्ने हो ? भनी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

 

काँग्रेस नेता भण्डारीले ‘भारतले नेपाली जनतालार्र्इ दुःख दिन हुँदैन म कुरा गर्दछु भनेको भए ठीक हुन्थ्यो भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् –के तरार्इको विकासको जिम्मा भारतको हो कमरेड ?’ उनले प्रचण्डलाई व्यङ्ग्य गर्दै भनेका छन् –तरार्इको विकासको जिम्मा पालिका, नगरपालिका, प्रदेश र केन्द्रको हो । कठै नेपाली आमाले जन्माएका नेपाली नेता !!’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...