जोमसोमका लागि छुटेको यात्रुबहाक बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर



हाम्रो इकोनोमि

 

मसोमका लागि छुटेको यात्रुबहाक बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान ९ : ३० बजेको समयमा दुर्घटना भएको हो ।

 

पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो । मोदी गाउँपालिका ६ बेतनीमा भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतबाट घटनास्थलमा सुरक्षाकर्मी टोली पुगी उद्धार कार्य जारी राखेको छ ।

 

घटनामा गम्भिर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरातर्फ पठाइएको छ भने सामान्य घाइते १३ जनालाई जिल्ला अस्पताल पर्वत पठाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।           फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...