जोमसोमका लागि छुटेको यात्रुबहाक बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर



हाम्रो इकोनोमि

 

मसोमका लागि छुटेको यात्रुबहाक बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान ९ : ३० बजेको समयमा दुर्घटना भएको हो ।

 

पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो । मोदी गाउँपालिका ६ बेतनीमा भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतबाट घटनास्थलमा सुरक्षाकर्मी टोली पुगी उद्धार कार्य जारी राखेको छ ।

 

घटनामा गम्भिर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरातर्फ पठाइएको छ भने सामान्य घाइते १३ जनालाई जिल्ला अस्पताल पर्वत पठाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।           फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...