नयाँ शक्ति जुम्लाका पूर्वसंयोजक मृत फेला, षड्यन्त्रपूर्वक हत्या भएको दावी



हाम्रो इकोनोमि

 

याँ शक्ति पार्टी नेपालका पूर्व जुम्ला संयोजक राधाकृष्ण बुड्थापा मृत अवस्थामा फेला परेका छन् ।

आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएर घरतर्फ हिँडेका उनी जुगाड खोलामा मृत फेला परेका हुन् ।

उनको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

हाल केन्द्रीय परिषद सदस्यसमेत रहेका बुड्थापाको षड्यन्त्रपूर्वक हत्या भएको दावी नयाँ शक्ति पार्टी जुम्लाका संयोजक नरेन्द्रनाथ योगीले गरे ।

 

उनले घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा छानविन गर्न, दोषीलाई पक्राउ गर्न र कडा भन्दा कडा कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । साथै दोषीलाई पक्राउ गरी कारवाही अगाडि नबढाएसम्म शव नबुझ्न पनि नयाँ शक्तिले परिवारजनलाई अनुरोध गरेको छ ।

 

प्रहरीले सनराइज होटल सञ्चालकसहित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । जुम्ला प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...