प्रहरीले भेटेन राज्यमन्त्री र मेयर, २६ जनाको खोजी सुरु, को को छन प्रहरीले समाउनु पर्ने, नाम सहित हेर्नुहोस



 

उच्च अदालत जनकपुरको परमादेशअनुसार पक्राउ गर्न प्रहरीले प्रदेश राज्यमन्त्री अभिराम शर्मासहित अन्य जनप्रतिनिधिको खोजी सुरु गरेको छ । अदालतको पत्र शुक्रबार नै आइपुगेपछि प्रहरीले आइतबार बिहानैबाट टोली नै खटाएर राज्यमन्त्री शर्मासहित प्रदेशसभा सदस्य कौशलकुमार यादव, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलगायत २६ जनाको खोजी सुरु गरेको हो ।

 

खोजी सुरु गरे पनि आइतबार साँझसम्म कोही पनि पक्राउ नपरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए । ‘फरार भनिएका सबै प्रतिवादीको सूची तयार गरी खोजी गर्न प्रहरी खटाएका छौँ । तर, प्रतिवादीहरू कतै पनि फेलापरेका छैनन्,’ डिएसपी खड्काको भनाइ छ । पक्राउको सूचीमा परेका कोही पनि सार्वजनिक कार्यक्रममा नदेखिएका र राज्यमन्त्रीसमेत कहीँ कतै अहिलेसम्म फेला नपरेका प्रहरीको भनाइ छ ।

 

‘हामी आफ्नो काम गरिरहेका छौँ, चाँडोभन्दा चाँडो फरार रहेका सबै प्रतिवादीहरूलाई पक्राउ गरेर महोत्तरी जिल्ला अदालतसमक्ष बुझाउँछौँ,’ डिएसपी खड्काले अगाडि भने, ‘कानुनबमोजिम प्रहरीले काम अगाडि बढाएको छ, देखिनेबित्तिकै हामी पक्राउ गर्छौं, हाम्रो काम नै फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने, पक्राउ गर्ने हो, हामी आफ्नो काममा लागिसकेका छौँ ।’

 

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले शान्तिसुरक्षा र अमनचयन कायम गर्ने निकायले नै अभियोजित गरेको कर्तव्य ज्यानजस्तो मुद्दाका प्रतिवादी पक्राउ गर्न नसक्नुले कानुनको धज्जी उडेको र कानुनको अगाडि सबै समान नरहेको देखिने हुँदा जिल्ला प्रहरी कार्यालय महोत्तरी र सोको प्रमुखको नाउँमा परमादेश जारी गरेको थियो ।

 

उच्च अदालतले निकै कडा शब्द प्रयोग गर्दै प्रशासनलाई समेत यस्तो गल्ती नगर्न चेतावनीयुक्त भाषा प्रयोग गरेपछि प्रहरी अभियुक्तहरू पक्राउ गर्न लागिपरेको हो । आदेश १५ गते नै आए पनि त्यसको पूर्णपाठ बिहीबार मात्र आएपछि अदालतले शुक्रबार नै सम्बन्धित निकायमा परमादेशको फैसला पठाएको थियो ।

 

तेस्रो मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत असई विकको २५ भदौ ०७२ मा हत्या भएको थियो । आन्दोलनकारीको आक्रमणमा गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । हत्या प्रकरणमा २८ जनालाई विपक्षी बनाइएको छ । तीमध्ये महोत्तरीका सञ्जय साह र प्रदीप साह पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । अर्का अभियुक्त मोहन ठाकुर तारिखमा छन् ।

 

हत्यामा संलग्न रहेको भन्दै २८ जनाको नाम किटेर विकका दाजु प्रेमबहादुरले १ असोज ०७२ मा महोत्तरी प्रहरीमा जाहेरी दिएका थिए । त्यसैका आधारमा जिल्ला अदालत महोत्तरीले २७ फागुन ०७२ मा बयानका लागि इजलाससमक्ष पेस गर्न र फरार प्रतिवादीको हकमा पक्राउ गर्न ७० दिने म्याद पुर्जी जारी गरेको थियो ।

 

उक्त अवधिसम्म पनि प्रहरीले पक्रन आलटाल गरेपछि विककी पत्नी शोभा गहतराजले २८ चैत ०७४ मा परमादेशका लागि उच्च अदालत जनकपुरमा रिट दायर गरेकी थिइन् । रिटमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालय प्रमुखलाई विपक्षी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न