बागमतीले काठमाडौं नै डुबानमा, भक्तपुर बिहानै डुब्यो, प्रजिअ भन्छन्– स्ट्याण्डबाई छौं



हाम्रो इकोनोमि

 

अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् ।

शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।

शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् ।

 

 

भैंसेपाटीको सपिङ सेन्टर पनि डुबानमा

ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि पानी पसेको छ । स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।

 

ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि डुबानको खतरा रहेकाले सतर्कता अपनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार ललितपुरकै लाँकुरी भञ्ज्याङ, भट्टेडाँडालगायत क्षेत्रका सडकमा पहिरो झरेर बाटो अवरुद्ध छ ।

 

होचा भूभाग डुबानमा पर्ने खतरा

मौसम विज्ञान बिभाग अन्तर्गतको बाढी सूचना केन्द्रले दिएको जानकारी अनुसार बाग्मती–खोकना बाढी केन्द्रमा पानीको बहाव सतर्कता तह नजिक छ र यो बढ्दो क्रममा छ ।

त्यसैले काठमाडौं, ललितपुर र भक्तपुरका होचा भूभाग डुबानमा पर्न सक्ने भएकाले सतर्क रहन केन्द्रले अपिल गरेको छ ।

यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा पनि पानीको बहाव बढ्दो क्रममा छ ।

 

पानी पर्दा डुबानमा पर्दै आएको भक्तपुरमा उच्च सतर्कता अपनाइएको छ । काठमाडौं उपत्यकामा भएको अत्यधिक वर्षाले खोलाहरुमा आएको बाढी फेरि पनि भक्तपुरका बस्तीमा पस्ने खतरा रहेकाले सतर्कता अपनाइएको हो ।

 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिहान ७ बजेसम्म भक्तपुर डुबानमा परेको रिपोर्ट नआएको बताए । तर, सम्भावित अवस्थालाई मध्यनजर गरेर उच्च सतर्कता भने अपनाइएको उनले जानकारी दिए ।

 

उनले भने, ‘अहिलेसम्म डुबानको जानकारी आएको छैन तर हामी स्ट्याण्डबाई छौं ।’

 

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी भक्तपुरमा पस्दा सल्लाघारी, श्रीजनानगर, राधेराधे, दुवाकोट लगायतका स्थान डुबानमा पर्ने गर्दछन् । यसअघि २८ असार र २० साउनमा भक्तपुर डुबानमा परेको थियो । बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षति भएकाले मर्मत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...