वर्षाले मुलुकभरमै खतरा, उपत्यका नै रहेन सुरक्षित, कहाँ कहाँ के के भो



हाम्रो इकोनोमि

 

लगातारको वर्षाले मुलुकभरकै जनजीवन अस्तव्यस्त बनाएको छ । आइतबारमात्रै एक दर्जन मानिसको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका छन् । नदी, नालामा पानीको सतह बढ्दा बस्ती नै जोखिममा परेको छ । गुडिरहेको बस समेत बगाउँदा पानीको बहाव मापन गर्न कठिनाइ भएको छ ।

 

बाढी पूर्वानुमान शाखाले देशैभर मध्यम बर्षाको सम्भावना औंल्याउँदै सतर्क रहन आग्रह गरेको छ । सोमबार प्रायः नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानूमान शाखाले गरेको छ ।

 

कन्काई, कमला, बागमती लगायतमा बहाब सोमबार दिउंसोसम्म सतर्कता आसपास हुने संभावना रहेको शाखाले जनाएको छ ।

 

दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहन समेत आग्रह गरिएको छ । बागमती तराइको क्षेत्रमा दिउँसो २ बजेतिर सतर्कता तह नजिक पुग्न सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

 

काठमाडौं उपत्यकामै खतरा 
काठमाडौं उपत्यकामा समेत सचेत रहन आग्रह गरिएको छ । बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको जनाइएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा बहाब बढ्दो रहेको शाखाले जनाएको छ ।

 

शाखाले होचो क्षेत्रमा डुवान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ ।

 

भक्तपुरको मध्यपुरथिमिस्थित राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ । आइतबार ७० घर डुबानमा परेका थिए भने सोमबार बिहान पनि डुबानमा परिने डरले स्थानीय त्रसित भएका छन् । केही घरहरु हनुमन्ते खोलाले डुबाएको छ ।

स्थानीय प्रहरीले उद्दारका लागि तयार रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...