१३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या, अपराधी पक्राउ नगरेको भन्दै आन्दोलन



हाम्रो इकोनोमि

 

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।

प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। ‘हामीले जे आश‌का गरेका थियौं, त्यही पुष्टी भयो’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले भने। तर बलात्कार गर्ने समुहमा थिए वा एक्लैले गरेको हो भन्ने कुरा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

‘अहिलेसम्म घट्नास्थल पहिचान गर्न सकेका छैनौं’ डिएसपी सेठीले भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने विषयमासमेत यकिन हुन सकेका छैनौं।’

 

उनले सामुहिक हो की होइन भनेर ‘भ्याजिनल स्वाव’ जाँच गर्न पठाएको बताए। तर, उक्त जाँचको प्रतिवेदन आउन महिनौं समेत लाग्न सक्ने उनको भनाई रहेको छ। उनले शव भेटिएका दिन घट्ना स्थलमा पानी धेरै भएका कारण अनुसन्धानमा समस्या भएको बताए।

शव भेटिएको ११ दिनसम्म पनि अपराधीलाई पक्राउ नगरेको भन्दै सुरु भएको आन्दोलन अझै रोकिएको छैन। उल्टाखाम क्षेत्रका स्थानीयले दिनहुँ प्रदर्शन गरिरहेका छन्। उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै दवावमुलक रुपमा बजार बन्द र यातायात बन्दसम्मका कार्यक्रमहरु गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...