देशभर बाडी, दाङमा बस बग्यो, नेपालगञ्ज डुब्यो



हाम्रो इकोनोमि

 

 

दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको  ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।

 

डिएसपी प्रकाश सापकोटाले धमिलो पानीमा बसले कचवे पत्ता लगाउन नसक्दा बगेको बताए ।

 

घोराही-तुलसीपुर-लमही सडकखण्डमा पर्ने ठूला खोलाहरुमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा कठिनाइ भएको छ । घोराही-तुलसीपुर सडकखण्डमा बबई, कटुवा, सेवार, गुर्जे, ग्वार लगायतका ठूला खोलाहरु पर्दछन् ।

 

यसैबीच अविरल वर्षाका कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ ।

 

नेपालगन्जको सेतु विक चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावित भएको छ । गाडी पनि चल्न सकेका छैनन् । बजार पसलमा पानी पसेपछि व्यापार व्यवसाय पनि प्रभावित भएको छ।

पानीको निकासको राम्रो प्रवन्ध नहुँदा हरेक पटक नेपालगञ्ज डुबानमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...