देशभर बाडी, दाङमा बस बग्यो, नेपालगञ्ज डुब्यो



हाम्रो इकोनोमि

 

 

दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको  ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।

 

डिएसपी प्रकाश सापकोटाले धमिलो पानीमा बसले कचवे पत्ता लगाउन नसक्दा बगेको बताए ।

 

घोराही-तुलसीपुर-लमही सडकखण्डमा पर्ने ठूला खोलाहरुमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा कठिनाइ भएको छ । घोराही-तुलसीपुर सडकखण्डमा बबई, कटुवा, सेवार, गुर्जे, ग्वार लगायतका ठूला खोलाहरु पर्दछन् ।

 

यसैबीच अविरल वर्षाका कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ ।

 

नेपालगन्जको सेतु विक चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावित भएको छ । गाडी पनि चल्न सकेका छैनन् । बजार पसलमा पानी पसेपछि व्यापार व्यवसाय पनि प्रभावित भएको छ।

पानीको निकासको राम्रो प्रवन्ध नहुँदा हरेक पटक नेपालगञ्ज डुबानमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...