द्वन्द्व मच्चाउन चाहनेलाई असफल बनाइने छ : मुख्यमन्त्री राई



हाम्रो इकोनोमि

 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताउनुभएको छ ।

 

झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज अतिथि निवासको रजत महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले एउटै दलले पाँच वर्ष सरकार चलाउन पाउने गरी जनादेश प्राप्त भएको यथार्थ बिर्सेर परिवर्तन विरोधी केही तत्वले मुलुकमा भाँडभैलो मच्चाउन र मौका पाउनासाथ टाउको उठाउन खोजेको आरोप लगाउनुभयो ।

उहाँले प्रदेश संसद्को चालू अधिवेशनबाटै प्रदेश नं १ को नाम र स्थायी राजधानी तोकिने जानकारी दिँदै सिङ्गो मुलुक र प्रदेश नं १ को पूर्वी प्रवेशद्वार मेची नगरलाई नमुना नगर बनाउने योजनामा सघाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले सुस्ताएको धुलाबारीलाई आधुनिक, समृद्ध र पुनर्जागृत गर्न इलामसँग जोडिने सडकमा लगानी गरिने जानकारी दिँदै अतिथि निवासलाई आधुनिक पूर्वाधार थप्नका लागि आवश्यक बजेट सहयोग गरिने आश्वासन दिनुभयो ।

 

विसं २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अतिथि निवास भवनको उद्घाटन गर्नुभएको संस्थाका अध्यक्ष सुरेशकुमार अग्रवालले बताउनुभयो । सो अवसरमा २७ वर्षअघि अतिथि निवास निर्माणमा योगदान पु¥याउने २७ समाजसेवीलाई सम्मान गरिएको थियो ।

अतिथि सदन तीन कठ्ठा जग्गामा रहेको छ । समुदायलाई सरल मूल्यमा सभाकक्ष र आवास सुविधा उपलब्ध हुने गरी यहाँ तीन सभागृह, २१ कोठा र एक भोजनगृह छ । अतिथि निवास निर्माणमा रु एक करोड छ लाख खर्च भइसकेको संस्थाका उपाध्यक्ष हरि प्रसाईँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...