द्वन्द्व मच्चाउन चाहनेलाई असफल बनाइने छ : मुख्यमन्त्री राई



हाम्रो इकोनोमि

 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताउनुभएको छ ।

 

झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज अतिथि निवासको रजत महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले एउटै दलले पाँच वर्ष सरकार चलाउन पाउने गरी जनादेश प्राप्त भएको यथार्थ बिर्सेर परिवर्तन विरोधी केही तत्वले मुलुकमा भाँडभैलो मच्चाउन र मौका पाउनासाथ टाउको उठाउन खोजेको आरोप लगाउनुभयो ।

उहाँले प्रदेश संसद्को चालू अधिवेशनबाटै प्रदेश नं १ को नाम र स्थायी राजधानी तोकिने जानकारी दिँदै सिङ्गो मुलुक र प्रदेश नं १ को पूर्वी प्रवेशद्वार मेची नगरलाई नमुना नगर बनाउने योजनामा सघाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले सुस्ताएको धुलाबारीलाई आधुनिक, समृद्ध र पुनर्जागृत गर्न इलामसँग जोडिने सडकमा लगानी गरिने जानकारी दिँदै अतिथि निवासलाई आधुनिक पूर्वाधार थप्नका लागि आवश्यक बजेट सहयोग गरिने आश्वासन दिनुभयो ।

 

विसं २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अतिथि निवास भवनको उद्घाटन गर्नुभएको संस्थाका अध्यक्ष सुरेशकुमार अग्रवालले बताउनुभयो । सो अवसरमा २७ वर्षअघि अतिथि निवास निर्माणमा योगदान पु¥याउने २७ समाजसेवीलाई सम्मान गरिएको थियो ।

अतिथि सदन तीन कठ्ठा जग्गामा रहेको छ । समुदायलाई सरल मूल्यमा सभाकक्ष र आवास सुविधा उपलब्ध हुने गरी यहाँ तीन सभागृह, २१ कोठा र एक भोजनगृह छ । अतिथि निवास निर्माणमा रु एक करोड छ लाख खर्च भइसकेको संस्थाका उपाध्यक्ष हरि प्रसाईँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...