गृहमन्त्री थापा ईण्डोनेसिया जाँदै



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापा ईण्डोनेसियाको राजधानी बालीमा आायोजना हुने ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन इण्डोनेसिया जादैछन्।

साउन २१ र २२ गते चल्ने सातौं मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदै छन्। चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। गृहमन्त्री थापाले साउन २२ गते सम्मेलनलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

नेपाल सहित चीन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघिय एजेन्सीहरु आईओएम, युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन्।

मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराध सम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन २००२ मा बालि प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो।

गृहमन्त्री साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...