धोका दिएको भन्दै प्रेमिकाको घरमै गएर गोली प्रहार



हाम्रो इकोनोमि

 

भारतको राजधानी नयाँ दिल्लीस्थित भारत नगर क्षेत्रमा एक स्थानीयको घरमा गोली चल्दा एक युवती सक्त घाइते भएकी छन्। गोली प्रहारबाट अंशुल नाम गरेकी युवती घाइते भएकी हुन्।

 

पेशाले चार्टर्ड एकाउन्ट ती युवतीको स्थानीय एक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

 

प्रहरीले घटनामा संलग्न एकजना युवकलाई पक्राउ गरेको छ। घाइते भएकी २५ वर्षीया अंशुल र गोली प्रहार गर्ने युवकबीच पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरी बताएको छ।

 

केही दिनअघि अंशुलको अर्कै केटासँग विवाह भएको थियो। विवाह लगत्तै अंशुल र उनका पूर्व प्रेमी हरिष उर्फ बीचको सम्बन्ध टुटेको थियो। विवाहपछि पनि युवकले आफ्नी पूर्व प्रेमिका अंशुललाई धम्की दिँदै आएका थिए।

 

सम्बन्ध टुटाएको भन्दै हरिषले पूर्व प्रेमिकाको घरमा गइ शनिबार राति गोलि प्रहार गरेका थिए। गोली लागि घाइते भएकी अंशुलको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...