रु दश करोड ६३ लाख राजश्व संकलन



हाम्रो इकोनोमि

 

जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ ।

 

गत आवमा कार्यालयले वन पैदावार ९सरकारी र साझेदारी०बाट रु नौ करोड ३४ लाख २२ हजार, दाउरा बिकक्रीबाट रु १६ लाख ५७ हजार, जडीबुटीबाट रु एक लाख ९१ हजार, सामुदायिक वनबाट रु ६४ लाख ६ हजार, न्यायिक दस्तुुरबाट रु १० लाख ३३ हजार, बेरुजुु असुुलिबाट रु २८ लाख २२५ हजार र प्रशासनिक सेवाबाट रु सात लाख ९५ हजार राजश्व संकलन गरेको जिल्ला वन अधिकृत डा विनोद देवकोटाले जानकारी दिनुभयो ।

 

आव २०७३÷७४ मा कार्यालयले रु सात करोड ५० लाख राजश्व संकलन गरेको थियो । सामुुदायिक वनबाट तीन लाख ३४ हजार, साझेदारी वनबाट एक लाख ९३ हजार, सरकारी वनबाट ४४ हजार ९९० तथा निजी वनबाट दुई लाख ११ हजार क्युुफिट काठ उत्पादन भएकोे छ । वनबाट उत्पादित काठ उपभोक्तालाई यसवर्ष पनि वन पैदावार आपूर्ति समितिमार्फत वितरण गर्ने तयारी भइरहेको छ । वन पैदावार आपूर्ति समितिले ५५० उपभोक्तालाई गतवर्ष ३४ हजार क्युुफिट काठ वितरण गरेको थियो ।

 

सहज रुपमा उपभोक्तालाई घर बनाउनेदेखि विकास निमार्ण तथा कृषि औजार निर्माणका लागि काठ उपलब्ध गराउँदै आएको डा देवकोटाले बताउनुुभयो । कार्यालयले आगलागी पीडितलाई ४३४ क्युुफिट तथा विकास निर्माण र कृषि औजारका लागि ६ हजार ६४५ क्युुफिट काठ वितरण गरेको छ घने ८५ चट्टा दाउरासमेत उपभोक्तालाई वितरण गरेकोछ ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...