गंगामायाका छोरा नुरप्रसाद पक्राउ, आमालाई जिम्मा लगाउने प्रहरीको तयारी



हाम्रो इकोनोमि

 

गोरखा भुजेलकी गंगामाया अधिकारीको आग्रहमा छोरा नुरप्रसाद अधिकारीलाई प्रहरी पक्राउ गरेको छ । गंगामायाका अर्का छोरा कृष्णप्रसाद अधिकारी हत्याको सुनुवाई आइतवार चितवन अदालतमा भइरहेका बेला अर्का छोरा नुरप्रसादलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । छोरा नुरप्रसाद लामो समयदेखि आमा गंगामायको सम्पर्कमा थिएनन् ।

 

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै मुद्दाको आधारमा नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन आग्रह गरेपछि उनलाई पक्राउ गरिएको बताए । पक्राउ परेका नुरप्रसादलाई आमा गंगामायको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

 

लामो समयको अनशन तोडेपनि गंगामाया वीर आस्पतालमै छन् । बाबु नन्दप्रसादको अनशनमै मृत्यु भएदेखि नुरप्रसाद आमाको सम्पर्क बाहिर थिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...