संसदमा सात विधेयक पेश गर्ने सरकारी निर्णय



हाम्रो इकोनोमि

संघीय ससंद्मा सरकारले विभिन्न विषयका सात विधेयक पेश गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र भुक्तानी तथा फछ्र्योट विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

 

बैठकले उपभोक्ता संरक्षणसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेकोे विधेयक, नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...