काठमाडौंमा चोरेरै करोडपति बनेका छन् चोर



 

सिन्धुपाल्चोकका हेम दोर्जे लामा र रामेछापका दिपक भनिने तिर्थ थापामगर छुट्टाछुट्टै समयमा चोरी, लागुऔषध लगायतको कारोबार गरेको आरोपमा जेल परे । काठमाडौंको एक कारागारमा रहेका लामा र थापामगरको चिनाजान त्यहीँ भयो । चिनाजान मात्रै होइन उनीहरु निकै नजिकका साथी बने । केही समयको जेल सजायपछि उनीहरु छुटे । जेलमा उनीहरुले मौका मिले ‘केही काम गर्ने’ योजना बनाएको पाइएको छ ।

 

जेलबाट छुटेपछि दोर्जे कार किन्नका लागि काठमाडौंको एक ‘रिकन्डिसन’ सेन्टरमा पुगे । ‘रिकन्डिसन’ सेन्टरमा उनले मालिकलाई भेटे । मालिकलाई भेट्नेबित्तिकै दोर्जेको नजर ‘रिकन्डिसन’ सेन्टरका मालिकले लगाएको सुनको चेन, बालामा पर्यो । दोर्जेले त्यहीँबाट ‘रिकन्डिसन’ सेन्टरका मालिकको घरमा चोरी गर्ने योजना बनाए ।

 

त्यसपछि दोर्जेले ‘रिकन्डिसन’ सेन्टरका मालिकको पिछा गरे । काठमाडौंबाट दोर्जे पिछा गर्दागर्दै धुलिखेलम्म पुगे । ‘रिकन्डिसन’ सेन्टरका मालिकको घर पत्ता लगाइसकेपछि उनले तीर्थलाई काम छ भन्दै बोलाए ।

 

तीर्थले चोरी गर्ने जिम्मा लिए । नभन्दै चोरी पनि गरे । तर उनीहरुले सोचेजस्तो रकम र धनमाल भने पाएनन् । महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गर्दै जाँदा उनीहरुसहित पाँच जना पक्राउ परे ।

 

महाशाखाका डीएसपी सन्तोस खड्काका अनुसार दोर्जे करोडपति चोर हुन् । उनी महंगो गाडीमा सवार हुन्छन् । खड्का भन्छन्, ‘‘चोरहरु पनि हाइ प्रोफाइल, स्मार्ट गेटअपसहित हिँड्न थालेका छन् । जसलाई हेर्दा कसैले पनि चोर भएको छनक पाउँदैनन् ।’’

 

यो प्रतिनिधिमूलक घटना मात्रै हो । महाशाखाका अनुसार उपत्यकामा यस्ता घटना अरु पनि छन् । पछिल्लो समय चोरले चोरी गर्ने शैली परिवर्तन गरेका छन् । डीएसपी खड्काका अनुसार अहिले उपत्यकामा लखपतिदेखि करोडपतिसम्मका चोर छन् । लामो समयदेखि चोरी, लुटपाट लगायतका घटनाको अनुसन्धानमा सक्रिय प्रहरी निरीक्षक भरत थापामगरका अनुसार उपत्यकामा नेपाल र भारतका गरि झण्डै पाँच सयको हाराहारीमा व्यावसायीक चोर रहेको प्रहरी आशंका छ ।

महाशाखाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षदेखि अहिलेसम्म १ सय ८३ चोरीका घटना भएका छन् । चोरीका घटनामा संलग्न भएको आशंकामा १ सय १८ जना पक्राउ परेका छन् । जसमा १ जना महिला पनि छन् ।

 

दिउसो हुन्छ अधिकांश चोरी

महाशाखाका अनुसन्धान अधिकारीका अनुसार पछिल्लो समयमा रातको समयभन्दा दिउसो नै चोरी बढेको छ । दिउसोको समयमा स्कुल, कलेज, कार्यालयसँगै अधिकांश व्यक्ति काममा व्यस्त हुने भएकाले चोरी गर्ने समूहले त्यही मौका हेरिरहेका हुन्छन् ।

उपत्यकाका विभिन्न स्थानमा भएका चोरी आधा घण्टाभित्रकै समयमा हुने गरेको महाशाखाका डीएसपी खड्का बताउँछन् । उनका अनुसार व्यावसायीक चोरहरुले गहना र नगदमा बढी ध्यान दिन्छन् भने अन्यले राम्रा लुगा र अन्य सामानमा पनि ध्यान दिन्छन् । डीएसपी खड्का भन्छन्, ‘‘व्यस्तताका कारणले घर वा कोठाबाहिर जानुपर्ने अवस्था आएपनि घरको सुरक्षा बलियो पार्नुपर्छ । अहिले प्रविधिको बढ्दो टेक्नोलोजीको प्रयोग गरेर चोरी रोक्न सकिन्छ ।’’

प्रहरी निरीक्षक भरत थापामगरको बुझाईमा करोडौंको घर बनाउने मालिक आफ्नो घरको सुरक्षामा जिम्मेवार बनेको पाइँदैन । उनका अनुसार चोरहरुले दिउँसोको समयमा घरलाई केन्द्रमा राखेर चोरी गरेपनि रातको समयमा भने सहकारी, फाइनान्स कम्पनिलाई निसाना बनाउने गरेका छन् ।

भारतबाट आएर चोरी

महाशाखाको अनुसन्धानले उपत्यकामा झण्डै २० जना महिला चोरीमा संलग्न रहेको पाइएको छ ।

 

उनीहरु पनि व्यावसायिक चोर नै हुन् । तर नेपालीभन्दा भारतीय महिलाको संग्लनता देखिएको छ । विभिन्न बहाना घरघरमा जाने ती महिलाहरुले ताल्चा तोड्ने सामग्री पनि सँगै बोकेर लैजाने गरेका छन् । कतिपय चोरीमा सडक बालबालिको प्रयोग गरेको पनि पाइएको छ । व्यावसायिक चोरसँगै केही पट्के चोर, पकेटमार पनि उपत्यकामा सक्रिय रहेको प्रहरी बताउँछ ।

 

यसैबीच पिठ्युमा बोरा बोकेर वा साइकलमा प्लाष्टिक, सिसा बोतल, पुराना कागज टिप्न वा किन्नेहरु पनि चोरीमा संग्लन भएको पाइएको प्रहरीले जनाएको छ । “घरमा कोही भए सामान किन्ने बताउने नभए ताल्चा नै तोडेर चोरी गरेको पाइएको छ,’’ महाशाखाका डीएपी खड्काले भने ।

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न