सुतेकै ठाउँमा तरुण दलका उपाध्यक्षमाथि खुकुरी प्रहार



हाम्रो इकोनोमि

 

नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र तामाङ माथि गए राती सुतेकै ठाउँमा सांघातिक आक्रमण भएको छ।

तामाङमाथि धारिलो हतियार प्रयोग गरि शरीरका विभिन्न भागमा आक्रमण भएको हो।

उनको दाहिने खुट्टाको घुँडामा गहिरो चोट लागेको छ। अनुहारमा पनि खुकुरी प्रहारबाट चोट लागेको छ।

 

घाइते तामाङको चरिकोटको स्थानिय अस्पतालमै उपचार भएको छ। उनको अवस्था खतरामुक्त रहेको छ।

घटना दोलखा सदरमुकाम चरिकोटमै भएको थियो। आक्रमण गर्ने किशोर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते तामाङले आफ्नो खुट्टा छिनाउने गरि आक्रमण भएपनि संयोगले बचेको बताए।

 

नेपाल तरुण दलले घटनामा संलग्न केसीलाई ज्यान मार्ने उद्योग अन्तर्गत कडा कार्वाहीको माग गरेको छ।  तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले आक्रमणकारीलाई कसैको दवावमा परि उन्मुक्ती दिने प्रयास भए त्यो आफूहरुले प्रतिवाद गर्ने बताए।

स्थानिय प्रहरीले दोषीलाई कानुनी दायरामा लिइसकेको र कानुनी कार्वाही शुरु गर्ने बताएको छ।

 

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...