थाइल्यान्डमा के–के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी ?



हाम्रो इकोनोमि

 

छोरा तथा पूर्वयुवराज पारस शाहलाई काठमाडौंमै छाडेर परिवारका अन्य सदस्यसहित थाइल्यान्डको बैंकका पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्मका भारतीय गुरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति नजिक रहेका व्यापारीसँगको भेट र छलफल तिव्र पारेका छन् ।

 

गएको बुधबार बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दु राज्य र हिन्दुत्वको रक्षाका लागि उपयुक्त वातावरण बनाइदिनका लागि भारतीय अधिकारीहरूलाई निरन्तर आग्रह गरेका छन् । त्यसबाहेक दरबारको अन्तर्राष्ट्रिय लगानीका विषयमा पनि कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।

 

कान्छी नातिनी कृतिकाको उच्च शिक्षाका लागि कलेज भर्ना गराउन थाइल्यान्ड पुगेको बताइए पनि विदा मनाउँदै अन्तर्राष्ट्रियस्तरका ठूला लगानीकर्ता र व्यापारीसँग पूर्वराजासहित पूर्वयुवराज्ञी हिमानी शाहको पनि भेट भइरहेको छ ।

 

पूर्वरानी कोमलसहित सचिव सागर तिमल्सिना, अर्दली हस्तबहादुर मल्ल, सशस्त्र डिएसपी शिव राउत पनि थाइल्यान्ड पुगेका छन् । पुर्वयुवराज्ञी हिमानी भने छोरा हृदयेन्द्र र स्वकीय सचिव स्मिता सिंहसहित ज्ञानेन्द्रभन्दा तीन दिन अघि बैंकक पुगेकी थिइन् ।

 

‘नातिनीको अध्ययनका लागि कलेज हेर्नका लागि पुगेका पूर्वराजा बुहारी हिमानीसहित भारतदेखि विभिन्न देशका अर्बपतिहरूसँग निरन्तर छलफलमा छन्’, उच्च स्रोतले भन्यो,‘व्यापारीकसहित नेपालमा हिन्दुत्व जोगाउने विषयमा कुराकानी भएको छ ।’

 

उनले शनिबार मात्रै जर्मनीदेखि निजी विमानमा बैंकक पुगेका व्यापारी सिद्धार्थ अम्बानीसँग भेट गरेका छन् । दरबारसँग भएको रकमको लगानीमात्र होइन, भारतीय संस्थापनसँग सिधा र प्रभावकारी सम्बन्ध भएको अम्बानी ग्रुपमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान खिच्नका लागि पनि पूर्वराजाले तयारी गरेका छन् । उनको हरेक भेटमा पत्नी कोमल र बुहारी हिमानी अनिवार्य उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ...

माछापुच्छ्रे बैंकको खुद नाफा १२ प्रतिशतले बढ्यो

     माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड...

नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...