तल्लो बालुवाटार टोल सुधार समतिमा शोभा



हाम्रो इकोनोमि

 

नेपालीमा उखान छ आफ्नो गाउँ आफै बनाऊ । सबैलाई ईच्छा चाहना हुन्छ कि आफू बसेको ठाउँ सफा चट होस भन्ने ।

 

यस्कोे निम्ति समाजमा बस्ने मानिसहरुको एकता चाहिन्छ । एकताले मात्र नभई दृढ ईच्छाशक्ति पनि चाहिन्छ ।

हो यहि ईच्छाशक्ति भएका मानिसहरुले तल्लो बालुवाटारमा अहिले एउटा समूह निर्माण गरेका छन् । समूहको नाम तल्लो बालुवाटार टोल सुधार समिति रहेको छ । आज त्यसैको प्रथम वार्षिक साधारण सभा भयो ।

टोलमा बस्ने वयोबृद्ध हेम लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि शिक्षासेवी राजाराम क्षेष्ठ रहनुभएको थियो ।

अन्य अतिथिमा टोलमै बसेर समितिका हरेका कामलाई अगाडी बढाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने अभिनाश पन्त, विष्णु प्रसाद घिमिरे, निराजन पौडेल, सचेन्द्र अर्याल रहनुभएको थियो ।

कार्यक्रममा टोलको समग्र विकासका लागि खेल्न सक्ने भूमिका तथा गर्न सकिने कामको विषयमा वृहत छलफल तथा सोको निराकरणका बारेमा गहन छलफल भयो ।

अब आगामी दिनमा टोलमा व्यपक सुधार गर्ने प्रतिवद्धता सो भेलाबाट सबैले जनाए ।  सो भेलाबाट शोभा सापकोटा थापाको अध्यक्षतामा रहेको कार्यसमितिलाई नै सदर गर्ने काम भएको छ ।

जसमा उपाध्यक्षमा सुर्य कार्की,सचिवमा विनोद ढुङ्गेल,कोषाध्यक्षमा ध्रुवबहादुर भाट र सदस्यहरुमा जफुवा शेर्पा, मनोज शिवाकोटी,शक्तिबहादुर मगर, सतेन्द्र अर्याल रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...