पहिरोमा परेर गोसाइँकुण्ड पदमार्गमा एकको मृत्यु



हाम्रो इकोनोमि

गोसाइँकुण्ड गएका एक यात्रुको आज पहिरोमा परेर निधन भएको छ ।

 

मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहपुरकी ३३ वर्षीया नम्रता कार्की रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

 

साथीहरुसंग गोसाइँकुण्डतर्फ जाने क्रममा धुञ्चेभन्दा एक घण्टाको दूरी पूर्व पैदल मार्गमा पर्ने मिनिगोसाइँकुण्ड आसपासका क्षेत्रमा पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

 

पहिरोमा परी घाइते भएकी चन्द्रनिगाहपुरकी अन्दाजी ३५ वर्षीया रमा आचार्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते आचार्यको टाउकोमा चोट लागेको उहाँका उपचारमा संलग्न डा समृद्ध थापाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...