नेपालद्वारा नेदरल्याण्ड्सलाई २१७ रनको चुनौती, पारस र सोमपालको अर्धशतक



हाम्रो इकोनोमि

 

नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितको लागि २१७ रनको चुनौती दिएको छ ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको नेपालले ४८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २१६ रन बनाएको हो ।

 

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतकीय पाली खेले । कप्तान पारसले २ छक्का र चार चौकाको सहयोगमा ५१ रन बनाए भने सोमपालले ३ छक्का र ४ चौकाको सहयोगमा ६१ रन बनाए ।

 

सुवास खबुरेल र दीपेन्द्रसिंह ऐरीले समान १९ रन बनाए भने आरिफ शेष १६ रनमा आउट भए । सन्दीप लामिछाने ८ रन बनाएर आउट हुँदा ललितसिंह भण्डारी ४ रनमा अविजित रहे ।

 

ज्ञानेन्द्र मल्लले १३ रनको पाली खेल्दा अनिन शाह ४, रोहित पौडेल ६ र बसन्त रेग्मी १ रनमा आउट भए । बलिङतर्फ फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलार र माइकल रिपोनले समान २/२ विकेट लिए । सेन स्यानटर र पाउल भान मिकेरेनले १/१ विकेट बाँडे । अबको केही बेरमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...