प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सरकारसँग यसरी रिस फेरे जोशीले



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि दीपकराज जोशीले सत्यतालाई सांसदले बंग्याएको आरोप लगाएका छन् ।

 

आफुमाथी लगाइएको कुनै पनि आरोप सत्य नभएको जिकिर गर्दै उनले सत्यको मुखमा सुनको जलप लगाइएको प्रतिक्रिया दिएका छन् । ‘सत्यको मुखमा सुनको भाँडोले छोपियो’ उनले छोटा प्रतिक्रिया दिँदै संस्कृतमा भने ।

 

गोपाल प्रसाद पराजुली न्यायपरिषदबाट बर्खास्त भएपछि ३० फागुनमा उनी कामु प्रधानन्यायाधीश बनेका थिए । जन्ममिति विवादमा पराजुली पदमुक्त भएका थिए भने जोशीको प्रमुख कारण शैक्षिक योग्यताको प्रमाणपत्र रहेको छ ।

संसदीय समितिले शुक्रवार प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गरेपछि उनले संस्कृतमा प्रतिक्रया दिँदै भने ‘सुवर्णमयेन पात्रेण सत्यस्यापिहितं मुखम्‌।’ (सुनको बिर्कोले सत्यको मुख छोपियो ।)

 

संसदीय सुनुवाई समितिले उनको नाम अस्वीकृत गर्नुपर्ने कारण सार्वजनिक गरेको छ भने त्यसलाई जोशीले सत्यको मुखमा सुनको विर्कोले छोपेको प्रक्रिया दिएका छन् ।

 

संसदीय सुनुवाईबाट जोशी दुई तिहाई बहुमतबाट अस्वीकृत भएका छन् भने प्रतिपक्ष दल नेपाली कांग्रेस प्रक्रियाबाट बाहिरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...