बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने फरार अभियुक्त पक्राउ



हाम्रो इकोनोमि

 

बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो ।

सप्तरी जिल्ला अदालत राजविराजले फरार प्रतिवादी दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैदको फैसला सुनाइएको थियो । पक्राउ परेका उनलाई आजै जिल्ला कारागार राजविराजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विसं २०७२ भदौ १ गते राति १२ बजेको समयमा स्थानीय १२ वर्षीया बालिकालाई दासले जबर्जस्ती करणी गरी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...