नवनियुक्त दुई मन्त्रीलाई शितल निवासमा ४ बजे सपथ



हाम्रो इकोनोमि

 

नवनियुक्त दुई मन्त्रीलाई आज वेलुका ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खुवाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी ओलीले आज दुई मन्त्री नियुक्त गरेका छन् । कानुनमन्त्रीमा भानुभक्त ढकालर भूमिसुधार मन्त्रीमा पद्मा अर्याललाई नियुक्त गरेका हुन ।

 

यसअघि मन्त्री हुनेमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महान्यधिवक्ता अग्नि खरेल, , कृष्णभक्त पोखरेल, विरोध खतिवडा लगायतको चर्चा रहेको थियो । सरकारको बचाउ गर्ने सन्दर्भमा भुतले खाजा खाने बेलामा दिएको एक अभिव्यक्तिलाई अनावश्यक ढंगले राजनीतिकरण गरिएपछि कानुमन्त्री शेरबहादुर तामाङ राजीनामा दिएका थिए ।

 

मेडिकल शिक्षाका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादर तामाङले राजीनामा दिएको लामो समय हुँदा पनि उनको राजीनामा स्विकृत गर्ने र अर्को मन्त्री नियुक्ती गर्ने काम भएको थिएन ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...