प्रधानन्यायाधीशमा जोशी किन अस्वीकृत ? नेकपाले दियो यस्ता ५ कारण



हाम्रो इकोनोमि

 

संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ ।

 

प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो, जुन प्रस्तावित नाम अस्वीकार गर्न चाहिने दुई तिहाई हो ।

सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) र फोरमका सांसदहरुले जोशीको विक्षमा मत दिएका थिए ।

बैठकपछि समिति सदस्य योेगेश भट्टराईले जोशीलाई अस्वीकृत गर्नुको कारणहरु सुनाए ।

 

तर्कहरु

१. प्रधानन्यायाधीश नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा पेश गर्न नसकेको ।

२. सुनुवाईका क्रममा आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको ।

३. शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न नसकेको ।

४. जोशीको सार्वजनिक आचरण र विगतका कामकारबाहीबारे पूर्व न्यायाधीशहरुबाटै प्रश्न उठको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिन सक्ने दृष्टान्त पेश गर्न नसकेको ।

५. जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेको ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...